• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपणलाई अझै सहज बनाउन कानूनी अड्चन हटाइने

July 8th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपणलाई अझै सहज बनाउन कानूनी अड्चन हटाइने

हेल्थ टुडे,

काठमाडौं, २४ असार :   मानव अंग प्रत्यारोपणलाई अझै सहज बनाउन कानूनी अड्चन हटाएर अगाडि बढ्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बुधबार राजधानीमा आयोजना गरेको मिर्गौला तथा अंगदान सम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरुले नेपाल सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी पुराना कानूनमा परिमार्जन गरेर सहज बनाइसकेको दावी गर्दै अझै पनि कतै समस्या छन भने तिनलाई संसोधन गरेर अगाडि बढ्ने आश्वासन दिएका हुन् ।

कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सांसद खगराज अधिकारीले नेपालमा आफ्ना नजिकका ३९ वटा नाता भित्रका कुनै पनि व्यक्तिले दान गरेको मिर्गौला लिन मिल्ने गरि कानून परिमार्जन भएर प्रयोगमा आइसकेको बताउदै नाताका कारण कसैलाई अझै असहज अवस्था आएको भए कानून परिमार्जन गर्न आफूहरु लाग्ने बताए ।    संसदको स्वास्थ्य समितिका सदस्य समेत रहेका पूर्व मन्त्री अधिकारीले भने, ‘प्रत्यारोपणमा कानूनी अड्चन छन् भने तिनलाई सहज बनाउन सकिन्छ । तर कानून सहज बनाएर मिर्गौला तस्करी गर्ने छुट भने कसैलाई छैन् । ’ अंगदानका बिषयमा आमसमुदायमा सही जानकारी नभएकाले अझै पनि ब्रेन डेथ (मस्तिष्क मृत्यु ) भएका व्यक्तिका आफन्तहरुले अंगदान गर्न नमान्ने प्रवृति रहेकाले त्यसलाई हटाउन व्यापक रुपमा जनचेतना जगाउन आवश्यक रहेकोमा उनले जोड दिए । आफूपनि अंग दान गर्न तयार रहेको बताउदै अधिकारीले केही समयपछि त्यसको घोषणा गर्ने बताए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक प्रा.डा.प्रेम ज्ञवालीले ३९ वटा नाता पर्नेले मिर्गौला दान दिन पाउने कानून नेपालमा बाहेक एशियाका अरु कुनै पनि देशमा नभएको दावी गर्दै भारतमा समेत जम्मा ८ वटा नाता पर्नेले मात्र मिर्गौला दान दिने कानून रहेको जिकिर गरे । नेपालमा मिर्गौला प्रत्यारोपणको सफल दर विश्वका अन्य विकसित देशको भन्दा अब्बल रहेको उनले बताए । सरकारले मिर्गौला डाइलासिस निशुल्क गरेको र प्रत्यारोपण गर्दा साडे ५ लाख रुपैया उपलब्ध गराउने गरेको बताउदै डा. ज्ञवालीले बेलायत, जापान जस्ता संसारका कुनै पनि देशले निशुल्क डायलासिस गर्ने नगरेको दावी गरे । ब्रेन डेथ भएका व्यक्तिको अंग निकालेर प्रत्यारोपण गर्ने काम सहज नभएको बताउदै डा. ज्ञवालीले कानून बनेर पनि अस्पतालहरुबिच आपसी समुन्वयका कारण ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणले गती लिन नसकेको स्विकारे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्ने कामको समुन्वय गर्ने जिम्मा दिएको भएपनि त्यँहा व्रेन डेथ भएका बिरामी नै नहुने भएकाले समुन्वय नमिलेकाले समस्या भएको प्रष्ट पार्दै उनले हालै स्वास्थ्य मन्त्रालयले त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. ईश्वर लोहनीलाई समुन्यन समितिको संयाजक नियुक्त गरेकाले भविश्यमा ब्रेन डेथ भएका व्यक्तिको अंग निकालेर अरुमा प्रत्यारोपण गर्ने कामले गति लिने डा. ज्ञवालीले बताए । कोरोना संक्रमणका बेला प्रत्यारोपण गर्न झनै खतरापूर्ण हुने भएकाले तत्काल प्रत्यारोपण गर्न नसकिएको जानकारी गराउदै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा साउनदेखि सुरु गर्ने योजना रहेको डा. ज्ञवालीले जानकारी दिए ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौडेलले यदी कुनै व्यक्तिको ज्यान बचाउनका लागि अंग दान दिन चाहन्छ भने त्यसमा कानूनले बाधा सिर्जना गर्नु नपर्ने बताए । ब्रेन डेथ भएका व्यक्तिको अंगदानका बिषयमा वर्तमान कानूनलाई परिमार्जन गरेर राज्यलाई आवश्यक भए ब्रेन डेथ भएका व्यक्तिको अंग परिवारका सदस्यको अनुमती नै नलिएर लिन पाउने कानून बनाउन समेत राज्यले डराउनु नपर्ने पौडेलले बताए ।

हेल्थ टुडेका सम्पादक पदमराज जोशीले नेपालमा बर्षेनी ३ हजारभन्दा बढीको मिर्गौला फेल भएर प्रत्यारोपण गराउनु पर्ने अवस्था भए पनि अस्पतालहरुबिचको समुन्वयको अभावमा ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण कार्यक्रम आशा गरे अनुसार अगाडि बढ्न नसकेको बताउदै सरोकारवाला निकायले यसलाई अगाडि बढाउन लाग्नु पर्ने अहिलको आवश्यकता रहेको बताए । मिर्गौला तथा अंगदान राष्टिय अभियान नेपालका संयोजक रेणुका भट्टराईले मिर्गौला प्रत्यारोपणको दायरा बनाउन कानून परिमार्जन गर्ने आवश्यक रहेकोमा जोड दिइन । सञ्चार केन्द्र नेपालका संस्थापक एवं कार्यक्रमका सभापति गोविन्द चौलागाईले हजारौ व्यक्ति मिर्गौला प्रत्यारोपणको पर्खाईमा रहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुले सहज रुपमा मिर्गौला प्रत्यारोपण गर्न पाउने वातावरण बनाउन राज्य र सरोकारवाला लाग्नु पर्ने आवश्यता रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आकस्मिकबाहेक सबै सेवा बन्द
Next article गुरुपुर्णिमा, मानसिक स्वास्थ्य र कोभिड १९

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133309
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web