हेल्थ टुडे,
काठमाडौं, १८ असार : स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असहयोग गरि पदबाट राजिनामा गर्न बाध्य बनाएपछि उनले राजिनामा दिएका हुन । उनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन । खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषद्ले डेढ बर्ष पहिले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनको कार्यअवधी चार वर्षको थियो । स्वास्थ्य विमा बोर्ड स्वायत्त हुने कानूनी व्यवस्था भए पनि स्वास्थ्य मन्त्री ढकालले केही दिन पहिले पोखरेल सहित बिमा बोर्डका सबै पदाधिकारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
Leave a Reply