• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो कोरोना अस्पतालहरुको तयारी र तत्परता सम्बन्धी अध्ययन, २० अस्पतालमा मात्र आईसियू

July 6th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो कोरोना अस्पतालहरुको तयारी र तत्परता सम्बन्धी अध्ययन, २० अस्पतालमा मात्र आईसियू

हेल्थ टुडे,

काठमाडौं, असार  : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले  कोरोना भाइरसको उपचार गर्न सरकारले तोकेका ३० वटा अस्पतालको तयारी र तत्परता सम्बन्धी अवस्थाको अध्ययन सम्पन्न गरेको छ । विश्वव्यापी कोरोना महामारीलाई रोक्न नेपाल सरकारले तोकेका पहिलो, दोश्रो र तेश्रो स्तरका गरि जम्मा ३० वटा कोरोना भाइरसका संक्रमितको उपचार हुने अस्पतालहरुले देखाएको तत्परता र तयारीको अवस्था थाहा पाउन परिषद्ले क्रस सेक्सनल बिधिबाट यो अध्ययन गरेको हो ।

कोरोना संक्रमणका कारण देश लकडाउनमा भएको बेला गत बैसाख १४ देखि जेठ १४, २०७७ सम्म गरि एक महिनाको अवधिमा यो अध्ययन गरिएको अध्ययनमा १५ वटा पहिलो स्तरका अस्पताल समावेश गरिएको थियो भने १२ वटा दोश्रो स्तरका र ३ वटा तेश्रो स्तरका अस्पताललाई अध्ययन अनुसन्धानमा समावेश गरिएको थियो । कोरोना अस्पतालका १२ वटा बिषयगत क्षेत्रको तथ्यांक संकलन गरि गरिएको अध्ययनमा स्वास्थ्य हेरचाह सुविधा सम्बन्धी तत्परता तथा तयारी, पूर्वाधार, क्लिनिकल सेवा, आईसियूमा अत्यावश्यक उपकरण, प्रयोगशाला सेवा, अनुसन्धान, आइसोलेसन, पीपीई, मानव श्रोत, औषधि, सिफरल सेवा र सव व्यवस्थापन लगायतका बिषयको तथ्यांक संकलन गरि अध्ययन गरिएको थियो । अध्ययनले कोरोना भाइरस संक्रमितको उपचार हुने गरि सरकारले तोकेका ३० अस्पताल मध्ये २० वटा अर्थात ६६ प्रतिसत अस्पतालमा मात्र सघन उपचार कक्ष (आईसियू) रहेको देखाएको छ । अध्ययनले यी ३० वटा अस्पतालमा २३५ आईसियू शैया रहेको देखाएको छ । ती मध्ये ४ वटा अस्पतालमा मात्र नेगेटिभ प्रेसर सघन उपचार कक्षको व्यवस्था रहेको पाइएको छ ।

अध्ययन अनुसार ३० मध्ये २५ अस्पतालले कोरोना सम्बन्धी कार्यसंचालन गरिरहेको पाइएको छ भने ५ वटाले कोरोना संक्रमितलाई वैकल्पिक अस्पतालमा सारेका थिए । सबै अस्पतालहरुले सरकारसँग समुन्वय गरेको पाईएपनि १९ वटाले मात्र संक्रमण रोकथाम समिति गठन गरेको पाइएको छ । अध्ययन्ले ३० वटै अस्पतालको प्रवेशमार्गमा सावुन पानी सहित हात धुने व्यवस्था गरिएको देखाएको छ । सबै अस्पतालहरुले शैयाबिच कम्तीमा एक मिटरको दूरी कायम गरेको, चौबिसै घण्टा विद्युत र पानीको आपूर्ति सहज रुपमा भइरहेको र संक्रमित विरामीको लागि १९२६ शैया उपलब्ध गरेको अध्ययनले देखाएको छ । ३० वटा मध्ये ७ वटा अस्पतालले मात्र कोरोना विरामीको लागि आकस्मिक सेवा दिने गरि व्यवस्था गरेको र १७ वटा अस्पतालमा मात्र आईसियू भेन्टिलेटर सुविधा रहेको पनि अध्ययनले देखाएको छ ।

अध्ययन गरिएका ३० अस्पताल मध्ये १९ वटामा आरडिटी जाच सेवा र १० वटामा मात्र आरटी पिसिआर जाच सेवा उपलब्ध रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघराज धिमालले अध्ययनले कोभिड १९ महामारी सम्बोधनमा नेपाल भरि स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्यांकन गर्न नेपाल सरकारले तोकेका अस्पतालहरुको तत्परता र तयारीको अध्ययनले वर्तमान अवस्था र भविश्यमा गर्नु पर्ने थप तयारीका लागि सरकारलाई मार्गनिर्देश गर्ने बताए । परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदिप ज्ञवालीले परिषद्ले कोरोना संक्रमणका बेला अध्ययन अनुसन्धानका क्षेत्रमा धेरै काम गरेको दावी गर्दै असहज परिस्थितिका कारण सबै अध्ययन अनुसन्धानलाई छिटो सार्वजनिक गर्न नसकिएको भए पनि अध्ययन महत्पूर्ण भएको बताए । कोरोना संक्रमणको बेला समेत परिषद्का कर्मचारी र पदाधिकारीले अहोरात्र खटेर काम गरिरहेकै परिणाम स्वरुप कोरोना भाइरसका विविद कोणबाट निजी क्षेत्र र स्वयं परिषद्ले पनि विभिन्न अनुसन्धान गरिहेको डा. ज्ञवालीले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु, मन्त्री ढकालले गरे सम्मेलनको उद्घाटन
Next article राजधानी नै कोरोना संक्रमणको उच्च जोखिममा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web