• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधी सम्बन्धी समस्या समाधान गर्न डा.देवकोटाको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन , औषधी आयातकर्ता संघको विरोध

July 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधी सम्बन्धी समस्या समाधान गर्न डा.देवकोटाको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन , औषधी आयातकर्ता संघको विरोध

हेल्थ टुडे,

काडमाडौं, साउन ४  : औषधी सम्बन्धी विद्यमान समस्या समाधान गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकाश देवकोटाको संयोजकत्वमा आईतबार तीन सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै औषधी उत्पादक संघले बिगत एक हप्तादेखि गरिरहेको आन्दोलनलाई ध्यानमा राखेर वार्ता गरि समस्या समाधान गर्न सुझाव दिन औषधी  व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष जी नारायणबहादुर क्षेत्री सदस्य रहेको समिति गठन गरेका हुन । समितिको पहिलो बैठक आईतबार नै बसेर औषधी सम्बन्धी अहिलेका समस्याका बिषयमा समान्य छलफल भएको छ ।

समितिका संयोजक डा देवकोटाले भोली विस्तृत छलफल हुने र समस्या समाधानका लागि ठोस पहलकदमी हुने बताए ।  नेपाल औषधी उत्पादकहरुले   विदेशी कम्पनीलाई स्यानीटाइजरका लागि समय थप गरेको भन्दै बिगत एक हप्तादेखि विरोध गर्दै आइरहेको छ । संघले बिजुलीबजार स्थित औषधी व्यवस्था विभागमा धर्ना, घेराउ र प्रदर्शन गर्दै आइरहेका छन ।

औषधी आयातकर्ता संघको विरोध

औषधी सम्बन्धी विद्यमान समस्या समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिमा औषधी आयातकर्ता संघलाई संलग्न नगराइएको भन्दे नेपाल औषधी आयातकर्ता संघले विरोध गरेको छ । संघका महासचिव पवन आचार्यले ६० प्रतिसत भन्दा बढी औषधी विदेशबाट आयात गर्ने औषधी आयातकर्तालाई समितिमा संलग्न नगराएर बनेको समितिले समग्र ओषधीको समस्या समाधान गर्न नसक्ने भन्दै संघले विरोध गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको तीन सदस्यीय  समितिमा नेपाल औषधी उत्पादक संघका अध्यक्ष जी नारायण बहादुर क्षेत्रीलाई सदस्य राखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थप १५६ जनामा कोरोना संक्रमण
Next article ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134253
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

133
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web