• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य सचिव डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षको जिम्मेवारी

August 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य सचिव डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षको जिम्मेवारी

 

हेल्थ टुडे

काठमाडौं, २० साउन  : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्ष हुन्छ ।

डा. उप्रेतिले ३ बर्ष पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवबाट अवकास पाएका थिए । हेल्थ पोष्टको हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवा प्रवेश गरेका डा. उप्रेती पछि चिकित्सक हुदै जिल्ला, अञ्चल, क्षेत्रिय निर्देशनालय, महासाखा हुदै स्वास्थ्य सेवा विभागको महानिर्देशक समेतको अनुभव छ । ३६ वर्ष भन्दा बढी समय नेपालको स्वास्थ्य सेवामा बिताएका डा. उप्रेतीको अनुभव र कार्यकुशलताले नेपालको स्वास्थ्य बिमाले गति लिने विश्वास विज्ञहरुले व्यक्त गरेका छन् ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा.उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो । बोर्डको कार्यकारी निर्देशक रमेश पोखेरेलले दिएको राजिनामा पनि सरकारले स्विकृत गरिसकेको छ । अहिले सो पदमा केही समय काम चलाउनका लागि राधिका थपलियालाई जिम्मा दिएको छ । बिमा बोर्ड स्वायत्त हुने ऐनमा व्यवस्था गरिएको भए पनि कर्मचारीको पदपूर्ति देखिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनावश्यक हस्तक्षेप भएकाले काम गर्न वातावरण नभएको भन्दै अध्यक्ष र कार्यकारी  निर्देशक दुबैले दुई वर्षे कार्यकाल छदै गत महिना राजिनामा दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतका गृहमन्त्री अमित शाहलाई पनि कोरोना
Next article स्वास्थ्य बीमामा पुरूषको भन्दा महिलाको आकर्षण बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web