• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

August 9th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

हेल्थ टुडे,

काठमाडौं, २५ साउन : सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् ।

आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन ।

ईः र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् । सरकारलाई दबाव दिने उद्देश्यले यसअघि पनि असार २२ गते पनि ईः अनसन बसेका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पीसीआर परीक्षणको दायरा बढाउने, आरडीटी परीक्षण बन्द गर्ने, क्वारेन्टिन व्यवस्थित गर्नेलगायतका १२ बुँदामा सहमति जनाएपछि ईः ले अनसन तोडेका थिए । तर एक हप्तासम्म पनि सहमति कार्यान्वयन नभएपछि ईः ले दोस्रोपटक साउन ३ गतेबाट फेरि अनसन सुरु गरेका थिए ।

अनसन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा  पहल भएको उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी
Next article स्वास्थ्य बीमामा पुरूषको भन्दा महिलाको आकर्षण बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web