• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कोरोनाको समयमा यस्तो हुनपर्छ तपाईको जीवनशैली, इम्यूनिटी बढाउन के गर्ने के नगर्ने ?

September 5th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाको समयमा यस्तो हुनपर्छ तपाईको जीवनशैली, इम्यूनिटी बढाउन के गर्ने के नगर्ने ?

हेल्थ टुडे,

काठमाडौं, २० भदौ : हामीले सानैदेखि नै ’स्वास्थ्य नै धन हो’ भन्ने कुरा सिक्दै आएका छौँ। यद्यपी, हालसम्म जसले यसलाई गम्भीरताका साथ लिएनन्, उनीहरुका लागि यो कोरोना समयमा राम्रो स्वास्थ्य नै धन हो भन्ने कुराको ज्ञान भएको छ।

रोग ब्याक्टेरिया वाला होस् वा भाइरस, यदि हाम्रो इम्यूनिटी अर्थात् रोग प्रतिरोधात्मक क्षमता बलियो भयो भने हामी कम मात्र बिरामी हुन्छौँ। तपाईको इम्यूनिटी कत्तिको बलियो हुने भन्ने कुरा तपाईको जीवनशैली कस्तो छ? भन्ने कुरामा निर्भर गर्दछ।

डाक्टर र विशेषज्ञहरुका अनुसार, राम्रो जीवनशैली बिना मजबुत इम्यूनिटी सम्भव हुन सक्दैन। जीवनशैली केबल तपाईको खानपान, क्रियाकलाप वा निद्रामा मात्र सीमित नभएर यसमा तपाईको काम, आसपासको वातावरण, पर्यावरण र समाजप्रति तपाईको सजगता जस्ता कुराहरु पनि सामेल हुन्छन्। प्रतिरोधक क्षमताको अर्थ तपाई भित्र प्राकृतिक रुपमा उपलब्ध आत्मबल प्रणाली हो, जसले तपाईलाई कोरोना भाइरसलगायत सबै प्रकारका भाइरसहरुबाट बचाइ राख्न मद्दत गर्दछ।

खासमा तपाईको राम्रो–नराम्रो बानी तपाईको जीवनशैलीको एउटा हिस्सा हो।

व्यक्तिगत स्वच्छता र वातावरण
तपाईको खानपान र खाने–पिउने तरिका
तपाईको क्रियाकलाप अर्थात् सक्रियता
तपाईको उठाई, बसाई, हिडाई, सुताई, आदि।
अर्थात्, हाम्रो जीवनशैली इम्यूनिटीबीच गहिरो सम्बन्ध छ भन्न सकिन्छ।

राम्रो जीवनशैली बिना हाम्रो इम्यूनिटी अर्थात् रोग प्रतिरोधक क्षमता कम हुन्छ। यस्तोमा हामी कोरोना भाइरस वा अन्य भाइरल रोगको चपेटामा सहजै पुग्न सक्छौँ।

अधिक तेलमा तारेको र भुटेको खाना खादा कोलेस्ट्रोलको स्तर बढ्छ र यसले कोरोना संक्रमणको समयमा ब्लडमा अक्सिजनको आपूर्तिमा समस्या हुनसक्छ र अवस्था गम्भीर हुनसक्छ। त्यसैले, अधिक तेलजन्य खाना, जंक फूड, धुम्रपान र मद्यपानजन्य कुराहरुसँग दूरी बनाइराख्न विशेषज्ञहरुले सुझाव दिएका छन्।

यी कुराहरु बुझ्न जरुरी

प्रतिरोधक क्षमता एन्टीबडी डेभलप हुनुसँग सम्बन्धित छ, तर केही मानिसहरुमा लामो समयसम्म पनि इम्यूनिटी विकसित नभएको पाइएको छ। केही अध्ययनमा बताइए अनुसार, संक्रमणबाट ठीक भएपछि पनि मानिसहरुमा फेरि कोभिड–१९ को लक्षण देखिएको छ।

मानिसहरुले मास्कको प्रयोग गरिरहेका छैनन्, सामाजिक दूरी र सरसफाईमा ध्यान दिइरहेका छैनन्, यस्तोमा संक्रमणको खतरा सिर्जना गरिरहेका छन्। एजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लैंगिक हिंसा रोकथाम परियोजनाको दोस्रो चरण प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा सुरु
Next article पीसीआर नेगेटिभ रिपोर्ट भएकाले मात्र उपत्यका प्रवेश गर्न पाउने

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133383
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

60
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

46
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web