• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

September 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

हेल्थ टुडे,

काठमाडौँ,  २८ भदौ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोभिड–१९ को उपचार, रोकथाम, नियन्त्रण तथा प्रभावबारे विभिन्न २३ प्रकारका अध्ययन–अनुसन्धान गरिरहेको छ । परिषद्का सदस्य सचिव  डा. प्रदीप ज्ञवालीका अनुसार हालसम्म सातवटा अध्ययन भने पूरा भइसकेको छ भने ९ थरी अध्ययन तथा अनुसन्धान जारी छ । सात प्रकारका अनुसन्धान अनुमोदन हुने प्रक्रियामा छन् । यसका साथै निजी तथा संस्थागत रूपमा कोभिड–१९ बारे अध्ययन तथा अनुसन्धानका लागि पनि करिब १४० वटा विषयमा एनएचआरसीले अनुमति दिएको छ ।

एनएचआरसीका कार्यकारी प्रमुख डा. ज्ञवालीका अनुसार अध्ययन पूरा भइसकेका सातवटा अध्ययनमध्ये तीनवटा प्रकाशित भइसकेका छन् भने चारवटा प्रकाशनको अन्तिम तयारीमा छन् । एनएचआरसीले ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको नतिजालाई आरटी–पीसीआरको नतिजासँग गरेको तुलनात्मक अध्ययन प्रकाशित गरिसकेको छ । यस्तै नेपालमा कोभिड–१९ को उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरूको तयारी अवस्था, काठमाडौं उपत्यकामा कोभिड–१९ को रोकथामका लागि सर्वसाधारणले एसएमएस (सामाजिक दूरी, मास्क र सेनिटाइजर) को पालना गरेरनगरेको बारे पनि अध्ययन पूरा गरी प्रतिवेदन प्रकाशित भइसकेको छ ।

यस्तै अनलाइन सञ्चारमाध्यममा कोभिड–१९ का समाचार प्रकाशन, विदेशबाट नेपाल फर्किएकामा कोभिड–१९ का लक्षण, कोभिड–१९ बारे सर्वसाधारणको बुझाइ र प्रतिक्रिया, कोभिड–१९ महामारीमा स्वास्थ्यकर्मीहरूमा तनाव, बेचैनी, निराशा र तीसँग सम्बन्धित अन्य सहायक तत्त्वहरूका बारेमा गरिएको अनलाइन सर्भेको अन्तिम प्रतिवेदन भने प्रकाशनको तयारीमा छन् ।

परिषद्को नेतृत्वमा हाल केही महत्त्वपूर्ण अध्ययनहरू भइरहेका छन । जसमा अति गम्भीर बिरामीमा रेमडेसिभिर र कन्भोलेसेन्ट प्लाज्मा थेरापीको प्रयोग गरेर उपचार, क्वारेन्टाइनले व्यक्तिको मनोविज्ञानमा पारेको असर, मध्यम लक्षण भएका संक्रमितहरूको व्यवस्थापनका लागि ‘वाईएएसएच–टी’ (विभिन्न जडीबुटी) को प्रयोग, काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मी तथा तिनका परिवारमा सेरो–इपिडिमियोलोजी अध्ययन, कोभिड–१९ निको भएका व्यक्तिहरूमा परेका असर, हाल कोभिड–१९ विरुद्धको प्रतिकार्यको समीक्षा तथा विश्लेषण र नेपालमा भेटिएका कोरोना संक्रमितहरूमा भेटिएको सार्स–कोभ–२ भाइरसको जिनोम सिक्वेन्सिङ र प्रतिरोधात्मक क्षमताको विश्लेषणबारे पनि अध्ययन भइरहेको छ । ‘हाल चलिरहेको सातवटा अध्ययनमध्येका केही अन्तिम चरणमा प्रवेश गरिसकेका छन् भने केही भने हाल जारी नै छन्,’ डा. ज्ञवालीले भने, ‘जिनोम सिक्वेन्सिङबारेको अध्ययन धेरैमा अबको दुई सातामा पूरा हुन्छ होला ।’

डा. ज्ञवालीका अनुसार विभिन्न देशबाट आएका संक्रमितहरूबाट भाइरसको नमुना संकलन गरेर गरिएको जिनोम सिक्वेन्सिङको अध्ययन पूरा भइसकेको छ । तर, त्यसलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा ‘क्रसचेक’ तथा ‘भ्यालिडेट’ गर्नका लागि नमुनाहरूलाई हङकङस्थित प्रयोगशालामा पठाएर परीक्षण गर्न लागिएको छ । ‘हामीले नेपालमा गर्नुपर्ने अध्ययन सकाइसकेका छौं,’ उनले भने, ‘तर हङकङमा पठाएर ती नमुनाको पुनः परीक्षण गरेर त्यहाँको रिपोर्टले के भन्छ भनेर पनि दाँजेर हर्ने काम गर्न बाँकी छ । त्यसका लागि नमुना हङकङ पठाउनुपर्छ । अति जोखिमयुक्त वस्तु भएकाले छुट्टै नियमहरू हुँदो रहेछ । त्यसैको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’यस्तै एनएचआरसीले प्रधानमन्त्री ओलीको सबैभन्दा बढी जोड रहेको विभिन्न आयुर्वेदिक औषधिहरूको पनि वैज्ञानिक अध्ययन गर्न लागिएको जानकारी पनि डा. ज्ञवालीले दिए । उनका अनुसार जडीबुटीबारेका अध्ययन पूरा हुन भने अझै केही समय लाग्नेछ ।

एनएचआरसीले कोभिड–१९ बाट सुरक्षित राख्न भिटामिन–डी भूमिकाको ¥यान्डमाइज्ड कन्ट्रोल ट्रायल विधिबाट अध्ययन गर्ने योजना बनाएको छ । यस्तै कोभिड–१९ को उपचारमा एन्टिभाइरल औषधिको प्रभावबारे पनि ¥यान्डमाइज्ड कन्ट्रोल ट्रायल विधिबाट अध्ययन गर्ने योजना एनएचआरसीको छ । सामान्य रूपमा बुझ्दा यो विधिमा केही निश्चित संख्याका बिरामीलाई अध्ययन गर्न लागिएको औषधि वा उपचार पद्धतिको प्रयोग गरिन्छ भने सोही प्रकारको अवस्था भएका निश्चित संख्याका बिरामीलाई भने सो औषधि र उपचार पद्धति प्रदान गरिँदैन । निकै जटिल मानिने यस प्रकारका अध्ययन प्रतिवेदनको निष्कर्ष सकारात्मक वा नकारात्मक जे भए पनि विश्वभर नै मान्यता प्राप्त गर्छ ।

डा. ज्ञवालीका अनुसार एनएचआरसीले गरिरहेको र आगामी दिनमा गर्ने विभिन्न कोभिड–१९ सँग सम्बन्धित अध्ययनका लागि स्वदेश तथा विदेशमा रहेका विज्ञहरूसँग समन्वय गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थपिए १२ सय १ कोरोना संक्रमित, संख्या ५३ हजार नाघ्यो
Next article विद्यासुन्दर सोल्टी होटेलको आइसोलेसन बसेको दैनिक ७५ हजार महानगरपालिकाले बेहोर्छ कि आफैंले तिर्छन ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz