हेल्थ टुडे,
काठमाडौं, २१ असोज : बिगत २३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशभरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले सरकारलाई डा. केसीका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।
भोलि बिहीबार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक तथा कोरोना उपचार सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ । पर्सि २३ गते देशभर आकस्मिक र कोरोना उपचार सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्नुका साथै अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघले जनाएको छ । साथै यो अवधिमा पनि वार्ता टोली गठन डा. केसीको उठाएका माग सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने संघले चेतावनी दिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबिबिएसको पढाई सञ्चालन गर्नु पर्ने लगायत ६ बुदे माग राखेर ६४ बर्षीय डा. केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका छन् ।
Leave a Reply