हेल्थ टुडे,
काठमाडौं, ५ चैत : भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि नेपालमा सञ्चालित कोरोना खोप कार्यक्रम स्थगित भएको छ । नेपाल सरकारले उक्त खोप खरिदका लागि ८० प्रतिसत रकम अग्रिम भुक्तानी दिइसकेको भए पनि सेरमले समयमा खोप पठाउन नसक्दा कोरोना खोप अभियान खोप नआएसम्मका लागि स्थगित गर्नु परेको स्वास्थ्य सेवा विभाग, खोप साखा प्रमुख डा. झलक गौतमले बताए । ६५ वर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुमध्ये अधिकांशले खोप लगाइसकेको भए पनि ती मध्ये अझै केही बाकी रहेको र त्यो भन्दा कम उमेर समूह तत्कालका लागि खोपबाट बन्चित भएका छन् ।
सेरमले १५ दिनभित्र अग्रिम भुक्तानी गरेको २० लाख डोज खोप उपलब्ध गराउने बताए पनि १० लाख डोज पहिलो लौटमा दिए पनि दोश्रो लौटको १० लाख डोज दिन नसक्ने जानकारी गराएको डा. गौतमले बताए । सरकारले प्रति डोज ४ अमेरिकी डलरका हिसापले २० लाख खोपका लागि ८० प्रतिसत अग्रिम भुक्तानी सेरमलाई गरिसकिएको खोप प्रमुख डा. गौतमले जानकारी दिए । कोरोना खोपको माग विश्व भरि नै अत्यधिक भएकाले सेरमले समयमै उपलब्ध गराउन नसकेको हुन सक्ने डा. गौतमले बताए । नेपाल सरकारले खोप खरिदका लागि अग्रिम भुक्तानी समेत गरिसकेको सेरमसँग छिटो भन्दा छिटो खोप उपलब्ध गराउन पत्रकार गरिएको डा. गौतमले जानकारी दिए ।
Leave a Reply