• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सेरमसँग खरिद गरेको खोप नआएपछि कोरोना खोप अभियान स्थगित

March 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सेरमसँग खरिद गरेको खोप नआएपछि कोरोना खोप अभियान स्थगित

हेल्थ टुडे,

काठमाडौं, ५ चैत :  भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि नेपालमा सञ्चालित कोरोना खोप कार्यक्रम स्थगित भएको छ । नेपाल सरकारले उक्त खोप खरिदका लागि ८० प्रतिसत रकम अग्रिम भुक्तानी दिइसकेको भए पनि सेरमले समयमा खोप पठाउन नसक्दा कोरोना खोप अभियान खोप नआएसम्मका लागि स्थगित गर्नु परेको स्वास्थ्य सेवा विभाग, खोप साखा प्रमुख डा. झलक गौतमले बताए । ६५ वर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुमध्ये अधिकांशले खोप लगाइसकेको भए पनि ती मध्ये अझै केही बाकी रहेको र त्यो भन्दा कम उमेर समूह तत्कालका लागि खोपबाट बन्चित भएका छन् ।

सेरमले १५ दिनभित्र अग्रिम भुक्तानी गरेको २० लाख डोज खोप उपलब्ध गराउने बताए पनि १० लाख डोज पहिलो लौटमा दिए पनि दोश्रो लौटको १० लाख डोज दिन नसक्ने जानकारी गराएको डा. गौतमले बताए । सरकारले प्रति डोज ४ अमेरिकी डलरका हिसापले २० लाख खोपका लागि ८० प्रतिसत अग्रिम भुक्तानी सेरमलाई गरिसकिएको खोप प्रमुख डा. गौतमले जानकारी दिए । कोरोना खोपको माग विश्व भरि नै अत्यधिक भएकाले सेरमले समयमै उपलब्ध गराउन नसकेको हुन सक्ने डा. गौतमले बताए । नेपाल सरकारले खोप खरिदका लागि अग्रिम भुक्तानी समेत गरिसकेको सेरमसँग छिटो भन्दा छिटो खोप उपलब्ध गराउन पत्रकार गरिएको डा. गौतमले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी
Next article स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz