हेल्थ टुडे,
काठमाडौं, ३१ बैसाख : पछिल्ला तिन दिनमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गइरहेको छ । बिगत २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन । त्यसैगरि बिहीबार ५ हजारद ५५ जना संक्रमण मुक्त भएका थिए भने बुधबार ४ हजार ४४४ जना कोरोना संक्रमण मुक्त भएका थिए । पछिल्ला केही दिनयता संक्रमणमुक्त हुनेको संख्या बिस्तारै बढ्दै जानु सकारात्मक भएको जनस्वास्थ्यविज्ञहरु बताउछन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारको तुलनामा संक्रमतिको संख्या पनि शुक्रबार घटेको छ । बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टिभएको थियो भने शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षण गरि २१ हजार ५२८ परिक्षण गरिएको थियो । बुधबार संक्रमित हुनेको संख्या ९ हजार ३०५ थियो । जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीका अनुसार संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि अस्पतालमा बेड नपाउने वा अक्सिजनको अभाव पनि बिस्तारै कम हुने बताए ।
संक्रमणमुक्त हुनेको संख्या बढ्न थालेपनि मृत्यु हुनेको संख्या भने तुलनात्मक रुपमा घट्न नसक्नु चिन्ताको बिषय भएको उनको भनाई छ । शुक्रबार कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।
यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।
Leave a Reply