हेल्थ टुडे,
काठमाडौं, १ जेठ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ) ले कोरोना संक्रमितको उपचारमा नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेकोले सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेकोले तत्काल सक्दो सहयोग गर्न अन्य देशहरुलाई आग्रह गरेका हुन ।
शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’
उनले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत बताएका छन् । नेपालमा हरेक दिन आठहजार भन्दा बढीलाई कोरोना संक्रमण भइरहेको छ भने दैनिक एकसय पचास भन्दा बढीको मृत्यु भइरहेको छ ।
Leave a Reply