हेल्थ टुडे,
काठमाडौं, २ असार : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली लगिने भएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।
आज दिउँसो साढे बाह्र बजे नयाँदिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । ।ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसभन्दा पहिले कोरोनाको उपचार गराएका खनाल कोरोना निको भएपछि घर फर्किएका थिए ।
Leave a Reply