• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किन्यो

June 19th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किन्यो

पदमराज जोशी,

काठमाडौं, ५ असार :  काठमाडौंको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किनेको छ । नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजाल र नेशनल मेडिकल कलेज वीरगन्जका अध्यक्ष डा.जैनुद्दिन अन्सारीबिच शुक्रबार ४९ प्रतिसत सेयर लेनदेनको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यही असारभित्र ४९ प्रतिसत सेयर वाफतको रकम नेपाल मेडिकल कलेजका सञ्चालकहरुलाई तिर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको नेशनल मेडिकल कजेज वीरगन्जका अध्यक्ष  डा.जैनुद्दिन अन्सारीले बताए । नेपाल मेडिकल कलेजले प्रति सेयर ७०१ रुपैया (कर कट्टा गरि) का दरले १ अर्ब ७२ करोड, ५६ लाख रुपैयामा ४९ प्रतिसत सेयर नेशनल मेडिकल कलेजलाई बिक्री गरेको डा.अन्सारीले जानकारी दिए । नेपाल मेडिकल कलेजका सेयर होल्डर्सका नाममा ५० लाख २४ हजार कित्ता सेयर रहेको उनले बताए । नेशनल मेडिकल कलेजले नयाँ मेडिकल कलेज खोल्ने भन्दै काठमाडौंको घट्टेकुलोमा भवन समेत किनेको छ । डा. गोबिन्द केसीको अनसनका कारण काठमाडौं नेशनल मेडिकल कलेजले सम्बन्धन पाउने अवस्था नभएपछि वीरगन्जको नेशनल मेडिकल कलेजले नेपाल मेडिकल कलेजको झण्डै आधा हिस्सा सेयर किनेको हो ।

अहिले ४९ प्रतिसत सेयर किनेको भए पनि निकट भविश्यमै बहुसंख्यक सेयर किनेर नयाँ किसिमले नेपाल मेडिकल कलेज चलाउने योजनाका साथै आफूहरु अगाडि बढेको डा. अन्सारीले बताए । उनले भने, ‘नेपाल मेडिकल कलेजका सञ्चालकहरुको पनि मनसाय पनि मेडिकल कलेजलाई नयाँ किसिमले चलाउन सक्ने टीम होस् भन्ने थियो । हामीमा त्यो क्षमता र अनुभव देखेपछि सम्झौता भयो ।

अब नयाँ व्यवस्थापन र नयाँ योजनाका साथ मेकिडल कलेज अगाडि बढ्ने छ । ’ नेशनल मेडिकल कलेजले वीरगन्जमा ७५२ बेडको मेडिकल कलेज सञ्चालन गरिरहेको छ । गत बर्ष सिनांमगलमा रहेको काठमाडौं मेडिकल कलेजको बहुसंख्यक सेयर विराटनगरको नोवल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले किनेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्वप्रधानमन्त्री  खनाललाई  थप उपचारका लागि आज नयाँदिल्ली लगिने
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट असार १७ र १८ मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133183
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web