• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट असार १७ र १८ मा

June 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट असार १७ र १८ मा

हेल्थ टुडे,

काठमाडौं, १० असार :    स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको समिट यही असार १७ र १८ गते भर्चुअल माध्यमबाट हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बिगत सात वर्षदेखि समिट  आयोजना गर्दै आइरहेको छ । एनएचआरसीले  देशभरिका स्वास्थ्य र जनसंख्या वैज्ञानिकहरुले सम्बन्धित क्षेत्रमा गरेका अध्ययन र अनुसन्धानलाई उनीहरुको प्रस्तुतिकरणमार्फत सर्वाजनिक गर्दै थप अध्ययन अनुसन्धानमा प्रोत्साहन गर्न हरेक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको समिट आयोजना गर्दै आइरहेकोमा गत यो वर्ष कोभिड १९ का कारण भर्चुअल माध्यमबाट समिट आयोजना गर्न लागेको हो । गत वर्ष पनि कोभिड १९ कै कारण भर्चुअल माध्यमबाट गरिएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले युवा पिढीलाई पनि स्वास्थ्य तथा जनसंख्या अध्ययन् अनुसन्धानमा प्रेरित गर्न यो वर्ष सम्मेलनमा मेडिकल कलेजमा अध्ययन्रत मेडिकलका विद्यार्थीहरुलाई समेत सहभागी गराउन लागिएको बताए । उनले भने, ‘ युवा अनुसन्धानकर्तालाई पनि अनुसन्धानमा आकर्षित गर्नु जरुरी भएकाले यो पटकको समिटमा हामीले सहभागीको संख्या बढाएका छौ । ’ डा. ज्ञवालीका अनुसार अत्याधुकि प्रविधिको प्रयोग मार्फत हुने समिटमा करिव ५ लाखले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता जनाउने छन् । समिटमा उत्कृष्ठ अध्ययन अनुसन्धानदातालाई हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र सम्झना मिडिकल ट्रष्ट यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मिडिकल ट्रष्ट यङ हेल्थ रिसर्च अवार्ड र हेल्थ रिसर्च लाइफटाइम अचिभमेन्ट अवार्ड लगायतका अवार्ड प्रदान गरिने डा. ज्ञवालीले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २१ दिनमा ४ जना स्वास्थ्य मन्त्री !
Next article नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किन्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web