• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२१ दिनमा ४ जना स्वास्थ्य मन्त्री !

June 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२१ दिनमा ४ जना स्वास्थ्य मन्त्री !

हेल्थ टुडे,

काठमाडौं, ११ असार  : २१ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ जना मन्त्री पाएको छ । जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र राज्यमन्त्री नवराज रावत थिए । सोही दिन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को हेरफेर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरेका थिए । जेठ २१ कै दिन मन्त्री त्रिपाठी र राज्यमन्त्री रावत विदा भए । तामाङ मन्त्री नियुक्त भएको १९ औं दिन पदमुक्त भए । सर्वोच्च अदालतले उनको नियुक्ती संविधानसम्मत नभएको भन्दै उनलाई कामकाज गर्न नगराउन बन्देज लगाएपछि उनी पनि विदा भए । तामाङ विदा भएको तेश्रो दिन ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएका छन ।

२१ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आउने श्रेष्ठ चौथो मन्त्री हुन । उनलाई स्वास्थ्य, शिक्षा सहित पाँच वटा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । देश महामारीको संकटबाट गुज्रिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हाल्ने मन्त्री स्थिर हुनु पर्नेमा कामचलाउ प्रधानमन्त्रीले सत्ता सम्हालेदेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्थिर मन्त्रालय बनाए । साडे तिन वर्षमा स्वास्थ्यमा ७ जना मन्त्री बनेका छन् ।

पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, नवराज राउत, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ हुदै अहिले कृष्णगोपाल श्रेष्ठसम्म पुगेको छ । यसरी पटक पटक मन्त्री फेरवदल भइरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्थिर भएको जनस्वास्थ्यविज्ञ बताउछन् । कोरोना महामारीका बेला भिजन र पूर्ण समय दिनसक्ने मन्त्री नियुक्त हुनु पर्नेमा पाँच मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने गरि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले स्वास्थ्यलाई कति महत्व दिएर काम गर्न सक्छन भन्ने प्रश्न उब्जिएको  स्वास्थ्यका एक अधिकारीले बताए ।

मन्त्री मात्र नभएर ओलीले पटक पटक स्वास्थ्य सचिवको फेरबदल गरेर मन्त्रालयलाई अस्थिर बनाएका छन । साडे ३ बर्षमा ६ जना स्वास्थ्य सचिवमा फेरबदल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक सचिव हुने नियमलाई हटाएर ओली नेतृत्वको सरकारले चिकित्सक सचिवको दरबन्दी समेत खारेज गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो प्राविधिक मन्त्रालयमा समेत प्रशासन तर्फका कर्मचारीलाई सचिव बनाएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेटौँडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा शुरु
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट असार १७ र १८ मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web