• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२१ दिनमा ४ जना स्वास्थ्य मन्त्री !

June 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२१ दिनमा ४ जना स्वास्थ्य मन्त्री !

हेल्थ टुडे,

काठमाडौं, ११ असार  : २१ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ जना मन्त्री पाएको छ । जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र राज्यमन्त्री नवराज रावत थिए । सोही दिन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को हेरफेर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरेका थिए । जेठ २१ कै दिन मन्त्री त्रिपाठी र राज्यमन्त्री रावत विदा भए । तामाङ मन्त्री नियुक्त भएको १९ औं दिन पदमुक्त भए । सर्वोच्च अदालतले उनको नियुक्ती संविधानसम्मत नभएको भन्दै उनलाई कामकाज गर्न नगराउन बन्देज लगाएपछि उनी पनि विदा भए । तामाङ विदा भएको तेश्रो दिन ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएका छन ।

२१ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आउने श्रेष्ठ चौथो मन्त्री हुन । उनलाई स्वास्थ्य, शिक्षा सहित पाँच वटा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । देश महामारीको संकटबाट गुज्रिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हाल्ने मन्त्री स्थिर हुनु पर्नेमा कामचलाउ प्रधानमन्त्रीले सत्ता सम्हालेदेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्थिर मन्त्रालय बनाए । साडे तिन वर्षमा स्वास्थ्यमा ७ जना मन्त्री बनेका छन् ।

पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, नवराज राउत, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ हुदै अहिले कृष्णगोपाल श्रेष्ठसम्म पुगेको छ । यसरी पटक पटक मन्त्री फेरवदल भइरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्थिर भएको जनस्वास्थ्यविज्ञ बताउछन् । कोरोना महामारीका बेला भिजन र पूर्ण समय दिनसक्ने मन्त्री नियुक्त हुनु पर्नेमा पाँच मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने गरि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले स्वास्थ्यलाई कति महत्व दिएर काम गर्न सक्छन भन्ने प्रश्न उब्जिएको  स्वास्थ्यका एक अधिकारीले बताए ।

मन्त्री मात्र नभएर ओलीले पटक पटक स्वास्थ्य सचिवको फेरबदल गरेर मन्त्रालयलाई अस्थिर बनाएका छन । साडे ३ बर्षमा ६ जना स्वास्थ्य सचिवमा फेरबदल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक सचिव हुने नियमलाई हटाएर ओली नेतृत्वको सरकारले चिकित्सक सचिवको दरबन्दी समेत खारेज गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो प्राविधिक मन्त्रालयमा समेत प्रशासन तर्फका कर्मचारीलाई सचिव बनाएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट असार १७ र १८ मा
Next article गम्भीर किसिमको एन्टिवायोटिक औषधिको दुरुपयोग बढेकोमा चिकित्सक संघको चिन्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz