• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेटौँडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा शुरु

June 28th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेटौँडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा शुरु

रासस,

मकवानपुर, १४ असार : हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ ।

हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएको थियो । उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई खरीद गरी ल्याएका समेत पाँच मेशिन जडान गरी मिर्गौला पीडितलाई डाइलाइसिस गर्ने क्रममा आज तीन बिरामीलाई पहिलो पटक डाइलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

नगरप्रमुख महतले अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गौला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पु¥याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको जानकारी दिए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिलाई सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई पनि अब आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना जागृत गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति रहेको बताए ।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा तथा शल्य चिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ प्रतिष्ठानले सङ्घीय सरकारसँग सहकार्य गर्नाका साथै योजना तर्जुमा गरिने जानकारी दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले अस्पताललाई दीर्घकालसम्म गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ विभिन्न चरणमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै मिर्गौला रोगका बिरामीलाई उपचारका लागि हेटौँडाबाट बाहिरतिर भौँतारिनु नपर्ने अवस्था सृजना भएकामा प्रशंसा व्यक्त गरे ।

उनले जिल्लामा मिर्गौला रोगका बिरामीको चापलाई दृष्टिगत गर्दै डाइलाइसिस सेवालाई क्रमशः दैनिक तीन समूहमा सञ्चालनमा ल्याउने पनि जानकारी दिए । करीब तीन वर्षअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा हेटौँडाको चुरेहिल अस्पतालमा डाइलाइसिस सेवा शुरु गर्दै आएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २१ दिनमा ४ जना स्वास्थ्य मन्त्री !
Next article स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132584
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web