• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुरु भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट

July 1st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुरु भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट

हेल्थ टुडे,

काठमाडौँ, १७ असार :  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं समिट बिहीबारदेखि भर्चुअल रुपमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त समिटको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन ।  आयोजक नेपाल स्वास्थ्य स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो सभाहलमा सिमिति अतिथिहरुलाई भौतिक रुपमा आमन्त्रण गरेर समिटको पहिलो दिनको उदघाटन् कार्यक्रम सम्पन्न गरेको हो ।

समिटको मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका निर्देशक डा पुनम क्षेत्रपाल सिंहले कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका नेपाली चिकित्सकहरुको अथक प्रयास र नेपाली जनताको अनुशासन पालनको प्रशंसा गर्दै कोभिड १९ को संक्रमण दर घट्दै जानु खुशीको कुरा भएको बताइन । उनले कोभिड १९ को संक्रमण अझै समाप्त भइनसेकाले यसका बिषयमा अझै अध्ययन अनुसन्धान र सतर्कतामा ध्यान दिन आवश्यक रहेको बताइन । नेपालमा भइरहेको स्वास्थ्य तथा जनसंख्या बैज्ञानिक समिटले  स्वास्थ्य अनुसन्धानका क्षेत्रमा ठोस प्रमाण सार्वजनिक गर्ने विश्वास व्यक्ति गर्दै डा. सिंहले समिट सफलताको शुभकामना व्यक्त गरेकी थिइन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठले परिषद्लाई स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अझै क्रियाशिल रहनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा परिषदका अध्यक्ष प्राडा गेहनाथ बराल र उपाध्यक्ष प्राडा गौरबराज ढकालले सम्मेलनको उपलब्धीका बिषयमा चर्चा गरेका थिए ।

समिटमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति , १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

समिटको  पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रीत विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै समिटको  दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् ।

 

जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुब्र्यशन, बाताबरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुनेछ ।

समिटको समापनमा विभिन्न ९ जना उत्कृष्ठ अनुसन्धानकर्तार्लाइ अवार्डद्धारा सम्मानित गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले समिट सफलताका लागि शुुभकामना सन्देश पठाएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश
Next article नेपाल आयल निगमको अत्यावश्यक जानकारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133269
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web