• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तर्फ यस वर्षको उत्कृष्ठ कर्मचारी पुरस्कार डा. जितेन्द्र कडेललाई, ५ कर्मचारीले पाए स्वास्थ्य सेवा पुरस्कार

February 27th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तर्फ यस वर्षको उत्कृष्ठ कर्मचारी पुरस्कार डा. जितेन्द्र कडेललाई, ५ कर्मचारीले पाए स्वास्थ्य सेवा पुरस्कार

हेल्थ टुडे,
काठमाडौं, १५ फागुन : स्वास्थ्य सेवा तर्फ यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार डा. जितेन्द्र कंडेललाई प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आइरहेको एक लाख राशिको उक्त पुरस्कार आईतबार डा. कडेललाई प्रदान गरिएको हो । यो पुरस्कार स्वास्थ्य सेवातर्फको सबैभन्दा ठूलो हो ।

२४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा. कडेललाईलाई पुरस्कृत गरेका हुन । डा. कंडेल म्याग्दीको बेनी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत छन् । यस भन्दा अगाडि यो पुरस्कार डा. गुणराज अवस्थी, डा. पुकारचन्द्र श्रेष्ठ लगायतले प्राप्त गरिसकेका छन् ।
त्यसैगरी, ५० हजार रासीको स्वास्थ्य सेवा पुरस्कार पाउनेमा बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेल, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह रहेका छन् ।
कार्यक्रममा कोरोना महामारीको फन्टलाइनमा खटेर काम गरेका १० जनालाई सम्मान गरिएको छ ।
सञ्जीव कट्टेल फार्मेसी अधिकृत विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा वरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ र डा. शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

यसैगरी, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङमा कार्यरत सम्मानित भएका छन् ।
यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता’ रहेको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले निःशुल्क मिर्गौला परीक्षण, रक्तदान तथा अंग दानको कार्यक्रम राखेको छ । स्वास्थ्य सेवा दिवसकै अवसर पारेर आइतबार बिहान योगा कार्यक्रम समेत गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सोपान फर्मास्यूटिकल्सले ल्यायो पहिलोे चरणमा ६ प्रकारका औषधी 
Next article औषधिको रुपमा प्रयोग गर्न दिने गरी  गाँजा नियमन विधेयकको मस्यौदा मन्त्रिपरिषद्‍मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134250
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

150
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

128
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web