• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोपान फर्मास्यूटिकल्सले ल्यायो पहिलोे चरणमा ६ प्रकारका औषधी 

March 4th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोपान फर्मास्यूटिकल्सले ल्यायो पहिलोे चरणमा ६ प्रकारका औषधी 

हेल्थ टुडे,
काठमाडौं, १९ फागुन : सोपान फर्मास्यूटिकल्सले पहिलो चरणमा ६ प्रकारका औषधी मार्फत नेपाली बजारमा वित्री वितरण सुरु गरेको छ । नेपालमा औषधी उत्पादन गरेर बिक्री वितरण सुरु गर्ने सोपान पछिल्लो नयाँ स्वदेशी औषधी कम्पनी हो । नेपालमा अहिलेसम्म सय भन्दा बढीले औषधी व्यवस्था बिभागमा दर्ता भएका भए पनि ७३ औं नम्बरमा सोपानले बिक्री वितरणमो अनुमती पाएको हो । सोपान फर्मास्यूटिकल्सले पहिलो चरणमा ६ प्रकारका औषधी मार्फत स्वदेशी बजारमा प्रवेश गरेको र भविश्यमा आवश्यकता अनुसार नयाँ नयाँ प्रकारका औषधी उत्पादन गर्ने जनाएको छ । सोपानले बिहीबार राजधानीको मेरियट होटेलमा विशेष कार्यक्रमको आयोजना गरि ७३ औं स्वदेशी औषधी कम्पनीको रुपमा आफु आएको औपचारिक जानकारी दिएको हो ।

सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ । कम्पनीले आज एक औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको घोषणा गरेको गरेको हो । कम्पनीले  Montrin, Myzith, Onmit, Alerz, Cyprite र Aneur नामका औषधीको पहिलो चरणमा बजारीकरण सुरु गरेको जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री परसुराम खापुडले कम्पनीले गुणस्तरीय औषधी उत्पादनमा सधै ख्याल राख्नु पर्ने सुझाउ दिए । सोपान फर्मास्यूटिकल्सलका अध्यक्ष रामेश्वर रिजालले औषधी उत्पादनमा अझै नेपाल आत्मनिर्भर हुन नसकिरहेको बेला सोपानको आगमन सकारात्मक भएको बताउदै आफ्नो कम्पनीले गुणस्तरमा सम्झौता नगर्ने दावी गरे ।

सोपान फर्मास्यूटिकल्सका बजार निर्देशक गान्धीप्रसाद शर्माले पहिलो चरणमा यही आईतबारबाट कम्पनीको उत्पादन बजारमा जाने जानकारी दिदै निकट भविश्यमै डर्मा प्रडक्ट, कार्डियो, इएनटी, न्यूरो हुदै एक्टि क्यान्सर सम्मका औषधी उत्पादन गरेर नेपाली बजारमा बिक्री बितरण गर्ने आफ्नो कम्पनीको लक्ष्य भएको बताए ।

सोपान फर्मास्यूटिकल्सका प्रमुख कार्यकारी निर्देशक सुमन न्यौपानेले आफ्नो कम्पनीमा अनुभवी र दक्ष टीम भएकाले नेपालको बजारमा यसका उत्पादन चाडै लोकप्रिय हुने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ललितपुर महानगरपालिकाको अनुकरणीय काम, पाटन–जावलाखेल–पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा
Next article स्वास्थ्य तर्फ यस वर्षको उत्कृष्ठ कर्मचारी पुरस्कार डा. जितेन्द्र कडेललाई, ५ कर्मचारीले पाए स्वास्थ्य सेवा पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134318
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web