• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ललितपुर महानगरपालिकाको अनुकरणीय काम, पाटन–जावलाखेल–पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा

March 4th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ललितपुर महानगरपालिकाको अनुकरणीय काम, पाटन–जावलाखेल–पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा

हेल्थ टुडे,
ललितपुर, २० फागुन : ललितपुर महानगरपालिकाले जनताको स्वास्थ्यका दृष्टिले महत्वपूर्ण काम गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा शुक्रबार आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो । यो घोषणा कार्यन्वयनमा आए यसले जनताको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।

उनले आजबाट लागू हुनेगरी शुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।
मेयर महर्जनले भने, ‘स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ । सुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ, त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’ नेपालमा पछिल्ला वर्ष क्यान्सर, दम, स्वासप्रस्वासका लगायत नसर्ने रोगका विरामीको संख्या बढ्दै जानुको प्रमुख कारण धूमपान रहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सोपान फर्मास्यूटिकल्सले ल्यायो पहिलोे चरणमा ६ प्रकारका औषधी 
Next article चितवनमा बैसाख ९ देखि ११ सम्म हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132118
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web