• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल फार्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने

April 20th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल फार्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने

हेल्थ टुडे,
काठमाडौं, ७ बैसाख :  स्वदेशी र बिदेशी औषधि कम्पनीहरुको वृतह प्रदर्शनी नेपाल फर्मा एक्स्पो यही वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा आठौ नेपाल फर्मा एक्स्पोको आयोजना गरेको हो । नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोअर्डिनेटर सन्तोष बरालका अनुुसार एक्स्पोको तयारी अन्तिम चरणम पुगेको छ । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने कार्यक्रम छ ।
सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी.नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन् । नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उनले जानकारी दिए । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग लिनेछन् । एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन् ।

नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका विकासको प्रदर्शनी हुने क्षेत्रीले बताए । उनले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुनसक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए ।

नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोर्डिनेटर बरालले यसपटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बताए । उनले विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको बताए । एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यसअघिको सातौँ एक्सपो पनि चितवनमा नै भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. चेतराज पन्त : आँखा उपचारमा सिंगो जीवन
Next article ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web