• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा २२ लाखलाई चस्मा आवश्यक रहेको नेत्र ज्योति संघको दाबी

October 13th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा २२ लाखलाई चस्मा आवश्यक रहेको नेत्र ज्योति संघको दाबी

पदमराज जोशी,
काठमाडौं, २७ असोज : नेपालमा अन्धोपनको समस्या अझै पनि विकराल देखिएको छ । नेपाल नेत्र ज्योति संघका अनुसार अहिले पनि २२ लाख नेपालीलाई चस्माको आवश्यकता छ । राम्ररी आँखा देख्न नसक्ने समस्या भएका ५० वर्ष माथिका १० लाख र १२ लाख बालबालिकालाई तत्काल चस्मा आवश्यक रहेको संघको दावी छ । संघ र तलगंगा आँखा प्रतिष्ठानले ३ वर्ष पहिले गरेको देश व्यापी अध्ययनले २२ लाख नेपालीको आँखाको ज्योतिमा समस्या रहेकाले चस्मा आवश्यक रहेको निश्कर्ष निकालेको थियो । नेपाल नेत्र ज्योति संघका प्रवक्ता वाईडी सापकोटाले यसरी चस्मा आवश्यक पर्ने बालबालिकामध्ये ग्रामिण भेकका बच्चाहरुभन्दा शहरी भागमा बसोबास गर्नेमा बढी समस्या देखिएको बताए । उनले भने, ‘ ग्रामिण क्षेत्रका बालबालिकामध्ये ५ देखि १० प्रतिसतमा चस्मा लगाउनु पर्ने आवश्यकता देखिएको छ भने शहरी भागमा १० देखि २० प्रतिसतमा चस्मा आवश्यक रहेको देखिएको छ । ’ नेपालमा करिव ५० प्रतिसतलाई त आफ्नो आँखाको अवस्था कस्तो छ भन्ने समेत थाहा नभएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले बताए । उनले भने, ‘ किनकी उनीहरुले कहिल्यै आँखा जाच नै गराएका छैनन् । ’
संघले सरकार र गैरसरकारी संस्थाहरुको सहयोगमा आफ्ना २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला साखाहरुमार्फत उपचार सेवा प्रदान गरिरहेको डा. पन्तले जानकारी दिदै आँखा स्वास्थ्यमा अझै सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए । संघका महासचिव भरतबहादुर चन्दले संघ मार्फत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रमा स्वदेशीक हाराहारीमा भारतीय विरामी पनि उपचार गराउन आउने गरेको बताए । विश्व दृष्टि दिवस २०२२ को अवसरमा नेपाल नेत्रज्योति संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आँखालाई माया गरौँ भन्ने नाराका साथ अक्टोवर १३ तारिख अर्थात असोज २७ गते विश्वभरि नै विश्वदृष्टि दिवस मनाउन लागिएको जानकारी गराईएको थियो ।
विश्व स्वास्थ्य संगठनको आकडा अनुुसार विश्वमा झण्डै २ अरब २० करोड मानिसहरुमा दृष्टि सम्बन्धि समस्या रहेको छ भने झण्डै १ अरब जतिलाई अझै पनि आँखा सेवाबाट वञ्चित रहेका र पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताएको छ । नेपालमा पनि सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी देखाएतापनि जनसंख्या वृद्धि र जेष्ठ नागरिकहरुको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको संख्यामा त्यति फरक नपरेको संघको दावी छ ।
नेपालमा शिक्षा, गरिबी, चेतनाको कमी तथा सेवाको पहुँचको कमी आदि कारणबाट दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा विद्यमान रहेको नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. सैलेश मिश्र बताउछन । डा. मिश्रका अनुसार नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपनको स्थिति रहेकोमा सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा झर्न पुगेको छ । यस विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवामा लामो समयसम्म सेवा गर्ने विभिन्न समाजसेवी तथा वरिष्ठ नेत्रविशेषज्ञहरुलाई सम्मानित गरेका छ । सम्मानित हुनु हुनेमा विशिष्ट नेत्रज्योति सम्मान चौधरी दाता परिवार, लहान (सगरमाथा चौधरी आँखा अस्पताल स्थापनाको लागि जग्गा दान गरेको), नेत्रज्योति दिर्घ सेवा पदक सागरप्रताप राणा( निवर्तमान सभापति, नेपाल नेत्रज्योति संघ, रुपन्देही शाखा ), चिजकुमार मास्के( निवर्तमान सभापति, नेपाल नेत्रज्योति संघ, चितवन शाखा), शिवदत्त जोशी ( पूर्व सभापति, नेपाल नेत्रज्योति संघ, कैलाली शाखा), डा.बासु अधिकारी र डा.सुदर्शन प्रसाद धिताल छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने
Next article डा. पुकारको एक वर्षे कार्यकालको छलाङ : १८४ को मिर्गौला र ३ को कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web