• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

February 5th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,
सुर्खेत, २२ माघ : पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत स्थित प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रत्यारोपण विज्ञ सहितका चिकित्सकहरु र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय पुरुषमा मिर्गौलाको प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणको नेतृत्व शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले गरेका हुन ।
केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य अनुसार प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका कार्यकारी निर्देशक डा. श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘विरामीको संख्या बढ्दो छ । अब कम्तिमा पनि एक महिनामा एक जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिनेछ ।’
अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यताबाट अब कर्णालीका नागरिक मुक्त हुने निर्देशक खड्काको विश्वास छ ।
अब सुर्खेतमा नियमित मिर्गौला प्रत्यारोपण गराउने खड्काले जानकारी दिए । ‘हामीले एउटा ऐतिहासिक कामको सुरुवात गरेका छौं । अब यस क्षेत्रका नागरिकका लागि विशिष्ठ चिकित्सा सेवा थपिएको छ,’ निर्देशक खड्काले भने, ‘प्रत्यारोपण सफल पार्न चिकित्सकहरू धन्यवादका पात्र छन् ।’
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्दशक डा. श्रेष्ठले देशका सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने कार्यक्रम अनुसार काठमाडौ, पोखरा पछि कर्णाली प्रदेशको सुर्खेमा प्रत्यारोपण सफल भएकोमा खुशी व्यक्त गरेका छन् । डा. श्रेष्ठले भने, ‘ अब सुर्खेतमा पनि प्रत्यारोपण सेवा नियमित हुनेछ, । हामीले सक्दो सहयोग गर्नेछौ । डा. पुकारकै अगुवाईमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार भन्दा बढीमो मिर्गौला प्रत्यारोपण गरिसकेको छ । डा. श्रेष्ठका अनुसार अव निकट भविश्यमै हेटौडा र कोशी अस्पतालमा प्रत्यारोपण सम्पन्न हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा
Next article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133835
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web