• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

February 5th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,
सुर्खेत, २२ माघ : पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत स्थित प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रत्यारोपण विज्ञ सहितका चिकित्सकहरु र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय पुरुषमा मिर्गौलाको प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणको नेतृत्व शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले गरेका हुन ।
केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य अनुसार प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका कार्यकारी निर्देशक डा. श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘विरामीको संख्या बढ्दो छ । अब कम्तिमा पनि एक महिनामा एक जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिनेछ ।’
अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यताबाट अब कर्णालीका नागरिक मुक्त हुने निर्देशक खड्काको विश्वास छ ।
अब सुर्खेतमा नियमित मिर्गौला प्रत्यारोपण गराउने खड्काले जानकारी दिए । ‘हामीले एउटा ऐतिहासिक कामको सुरुवात गरेका छौं । अब यस क्षेत्रका नागरिकका लागि विशिष्ठ चिकित्सा सेवा थपिएको छ,’ निर्देशक खड्काले भने, ‘प्रत्यारोपण सफल पार्न चिकित्सकहरू धन्यवादका पात्र छन् ।’
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्दशक डा. श्रेष्ठले देशका सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने कार्यक्रम अनुसार काठमाडौ, पोखरा पछि कर्णाली प्रदेशको सुर्खेमा प्रत्यारोपण सफल भएकोमा खुशी व्यक्त गरेका छन् । डा. श्रेष्ठले भने, ‘ अब सुर्खेतमा पनि प्रत्यारोपण सेवा नियमित हुनेछ, । हामीले सक्दो सहयोग गर्नेछौ । डा. पुकारकै अगुवाईमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार भन्दा बढीमो मिर्गौला प्रत्यारोपण गरिसकेको छ । डा. श्रेष्ठका अनुसार अव निकट भविश्यमै हेटौडा र कोशी अस्पतालमा प्रत्यारोपण सम्पन्न हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री
Next article स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web