• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यूएसएआईडीको सहयोगमा ३ अर्बको स्वास्थ्यसम्बन्धी परियोजना सुरु

April 3rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यूएसएआईडीको सहयोगमा ३ अर्बको स्वास्थ्यसम्बन्धी परियोजना सुरु

हेल्थ टुडे,
काठमाडौँ, २० चैत : नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीले सोमबार नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा ‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना’ को सुरुवात गरेको छ । उक्त परियोजनाको बजेट २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ) रहेको छ ।
‘यस परियोजनाले दसौं लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय सरकारहरू (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका) लाई वित्तीय सहायता प्रदान गर्नेछ,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले यस साझेदारीले नेपाली नागरिकहरूलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न संघीय र उपराष्ट्रिय तहहरूमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने उल्लेख छ ।

‘यसले नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० का लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ,‘परियोजनामार्फत यूएसएआईडीले विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायहरूमा जीवनयापन गरिरहेका जनताले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाउने र उनीहरू आकस्मिक अवस्था, तनाव तथा धक्काहरू सम्बन्धी तयारी र प्रतिकार्य गर्न अझ बढी सक्षम भएको सुनिश्‍चित गर्न नेपाल सरकारसँग सहकार्य गर्नेछ ।’
दूतावासले यो साझेदारी नेपालको स्वास्थ्य क्षेत्रमा दशकौं लामो अमेरिकी सहयोगका साथै कोभिड–१९ महामारीको समयमा नेपाल सरकारलाई मद्दत गर्दाको निकट अनुभवमा आधारित रहेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रपति पौडेललाई ग्यास्टिकको समस्या, टिचिङमा डा. बमले गर्दैछन उपचार
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ सम्मेलन २८ र २९ चैतमा काठमाडौंमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web