• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोशी प्रदेशमा पनि छिट्टै मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने

April 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोशी प्रदेशमा पनि छिट्टै मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने

हेल्थ टुडे,
विराटनगर, २८ चैत : देशका सातवटै प्रदेशमा मृगौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना अनुसार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले छिट्टै कोशी प्रदेशमा पनि प्रत्यारोपण सेवा सुरु गर्न लागकेो छ । कोशी अस्पतालमा निकट भविष्य मै मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पताल बीच मंगलवार मृर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने सहमती भएको हो ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा रबिना राज सिंहले संयुक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गरेका हुन । मस्तिष्क मृत्यू पछि हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमती भएको ऊक्त कार्यक्रममा कोशी अस्पताल का कर्मचारीहरुको समेत उपस्थिति थियो ।

प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधारहरु तयार हुदै गरेको र जनशक्ति विकासको लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा तालिममा पठाउने सहमती भएको छ ।

कोशी अस्पतालको जनशक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम न भए सम्म केन्द्रले प्राविधिक जनशक्ति र अन्य प्राविधिक सहयोग पनि गर्ने सहमती भएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार देश भरी सवैको पहुच मा हुने गरी सर्वसुलभ मृर्गौला प्रत्यारोपण कार्यको थालनी गर्नको लागि स्वास्थ्य मन्त्रालयका सचिव द्वय डा रोशन पोख्रेल र देव कुमारी गुरागाईको पहलमा सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने त्रममा कोशी अस्पताल संग सहमती भएको हो । केन्द्रले यो भन्दा पहिले गण्ढकीको पोखरा र कर्णालीको सुर्खेतमा समेत मृगौला प्रत्यारोपण सेवा सुरु गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकियो
Next article राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा निरज बम नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134055
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web