• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बृहत यौनिकता शिक्षा प्रथम सम्मेलन जेठ १० र ११ गते काठमाडौंमा हुने

May 22nd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बृहत यौनिकता शिक्षा प्रथम सम्मेलन जेठ १० र ११ गते काठमाडौंमा हुने

हेल्थ टुडे,

काठमाडौं, ९ जेठ : नेपालमा पहिलो पटक वृहत यौनिकता शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना तथा संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगाायत बृहत यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा यही जेठ १० र ११ गते सम्मेलन आयोजना हुने भएको हो ।
दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालका सरोकारवाला निकायका युवाहरु तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा होटेल याक एवड यतिमा पहिलो राष्ट्रिय सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनले सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन, २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव २२५० अघि सारिने छ ।

साथै महिला, शान्त्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, थुथ भिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२–२३–२०३१–३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको नेपाल परिवार नियोजन संघले जनाएकोछ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३ सय जना सरोकारवाला तथा युवाहरुकोे सहभागिता रहने अपेक्षा गरिएकोछ भने कार्यपत्रहरूको प्रस्तुतिपश्चात बृहत् यौनिकता शिक्षाको घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेपाल परिवार नियोजन संघका महाप्रवन्धक डा.नरेश प्रताप केसीले जानकारी दिएका छन ।

नेपाल परिवार नियोजन संघका फोकल पर्सन जमुना सिटौलाका अनुसार
उक्त सम्मेलनले युवाहरूको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसंख्यक समुदायहरुको अधिकारको सुनिश्चितता, रुढिवादी प्रथा तथा धारणा, हिंसा, बालबिबाह, युवाहरुको विदेश पलायन, शान्ति, सुरक्षा, किशोरकिशोरी तथा युवा मैत्री सेवा तथा युवा लक्षित राष्ट्रिय नीति प्रभावकारी कार्यान्वयनका बिषयमा जोड दिने छ ।

यो सम्मेलनले यौनिक शिक्षाको महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ । युवाहरुकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको छ । उक्त मुद्दाहरू दिगो विकासका लक्ष्य २०३० र जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९९४ का प्रतिबद्धताहरू प्राप्त गर्ने महत्त्वपूर्ण आधारहरु भएको सिटौलाले जानकारी दिइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्याम्सको निमित्त उपकुलपतिमा प्रा.डा.भुपेन्द्रकुमार बस्नेत नियुक्त
Next article यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्छौ : शिक्षा मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131598
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web