• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्छौ : शिक्षा मन्त्री

May 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्छौ : शिक्षा मन्त्री

हेल्थ टुडे,
काठमाडौं, १० जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले वृहत यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्ने बताएका छन् । यूएनएफपीए एवं नेपाल परिवार नियोजन संघ सहित विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको दुई दिवसिय वृहत यौनिकता शिक्षा सम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा मन्त्री राईले समयको माग अनुसार पाठ्यक्रममा पनि यौनिकता शिक्षाको बिषयबस्तु हेरफेर गरिने बताएका हुन् । मन्त्री राईले सरकारले वृहत यौनिकता शिक्षाको महत्व र आवश्यकतालाई महसूस गरेरै पाठ्यक्रममा यौनिकता शिक्षालाई महत्वका साथ समावेश गरेको प्रष्ठ पार्दै बिषयबस्तु अपुरो र अधुरो भए सरोकारवालाको सल्लाह अनुसार परिवर्तन गर्न सरकार तयार रहेको बताए ।
सम्मेलनको उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले यौनिकता शिक्षासँगै उनीहरुका लागि सहज ढंगले परिवार नियोजनका सेवा उपलब्ध हुनु पर्नेमा जोड दिदै स्वास्थ्य मन्त्रालयले यस क्षेत्रमा काम गरिरहेको बताए । स्वास्थ्य र शिक्षा एक अर्कामा जोडिएको बिषय भएको बताउदै डा. सिंहले दुबै मन्त्रालयको सहकार्यमा सम्मेलन हुनु र यसबाट प्राप्त सुझाव भविश्यका लागि मार्गदर्शन हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा युएनएफपीएकी नेपाल प्रतिनिधि यङ होङले शिक्षा र स्वास्थ्य नै नयाँ पुस्ताको लागि परिवर्तनको आधार स्तम्भ भएको बताउदै राज्यले शिक्षामा लगानी बढाउनु पर्ने सुझाव दिइन । यौनिकता शिक्षा सबैका लागि उत्तिकै आवश्यक भएकोले राज्य यस बिषयमा संवेदनशिल भएर लाग्नु पर्नेमा होङले जोड दिइन ।
नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजूले नेपालमा पहिलाृे पटक वृतह यौनिकता शिक्षा सम्बन्धि राष्टिय सम्मेलन हुनु खुशीको कुरा भएको बताए । संघले यौनिकताको बिषयमा पैरवी गर्दा लखेटिनु पर्ने अवस्था समेत आएको बिगत स्मरण गर्दै अहिले वृहत यौनिकताका बिषयमा किशोर किशोरीसँगै बसेर छलफल गर्न पाउदा आफूहरुले सुरु गरेको अभियानले सफलता पाउन थालेको महसूस भएको बताए । कार्यक्रममा शिक्षा सचिव रामकृष्ण सुवेदी, सहसचिव हरि लम्साल लगायतले वृतह यौनिकता शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए । सम्मेलन भोलीसम्म चल्ने छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २० हजार डलर रासीको सासाकावा स्वास्थ्य पुरस्कार निक साइमन्सलाई
Next article बृहत यौनिकता शिक्षा प्रथम सम्मेलन जेठ १० र ११ गते काठमाडौंमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web