• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२० हजार डलर रासीको सासाकावा स्वास्थ्य पुरस्कार निक साइमन्सलाई

May 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२० हजार डलर रासीको सासाकावा स्वास्थ्य पुरस्कार निक साइमन्सलाई

हेल्थ टुडे,
काठमाडौं, १२ जेठ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यस वर्षको सासाकावा स्वास्थ्य पुरस्कार निक साईमन्स इन्स्टिच्यूटलाई प्रदान गरेको छ । डब्लूएचओले विश्वमा रहेका मानिसहरुको स्वास्थ्य सुधारमा उल्लेख्य योगदान गरेका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । २० हजार अमेरिकी डलर रासीको यो पुरस्कार सन् १९८४ मा जापान सिपबिल्डर्स एशोसियनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा डब्लूएचआका तात्कालीन महानिर्देशक हाफदान महलरसँगको सहमतिमा स्थापना भएको हो । डब्लूएचओका महानिर्देशकको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्वारा विजेताहरु चयन गरी कार्यकारी बोर्डद्वारा मतदान गरिन्छ । निक साईमन्स इन्स्टिच्यूटललाई नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा भएको समारोहमा निक साईमन्स इन्स्टिच्यूटकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
निक साइमन्स विगत १६ बर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको गुणस्तरलाई अभिवृद्धि गरी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रप्त गर्न सकून भन्ने उद्देश्यले कार्यक्रम संचालन गर्दै आएको गैरसरकारी संस्था हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० अर्ब घट्ने अनुमान गरिएको स्वास्थ्यको बजेट २० अर्बले घट्यो
Next article यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्छौ : शिक्षा मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web