हेल्थ टुडे,
काठमाडौं, १५ जेठ : ३० अर्ब जति घट्ने अनुमान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट २० अर्बले घटेको छ । । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८०÷८१ मा स्वास्थ्यको बजेट २० अर्बले घटेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा तीनै तहका लागि गरेर ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जबकी चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट तीन वटै तहका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट दिएको थियो।
सोमबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यमा आगामी आर्थिक वर्षका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख छ। प्रदेश सरकार र स्थानिय निकायको लागि पनि यही विनियोजित रकम भएको वा छुट्टै संघिय स्वास्थ्य मन्त्रालयको लागि भन्ने कुरा अर्थ मन्त्री महतले स्पष्ठ नपार्दा दुविधा भएको थियो ।
Leave a Reply