• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई ब्लुम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार

May 31st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई ब्लुम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार

हेल्थ टुडे,

काठमाडौं, १७ जेठ : स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन् । विश्व धूम्रपान रहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधान सम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको रासी नगद ५० हजार रुपैया सहित प्रमाणपत्र रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो ।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थ विरुद्घ जनचेतना बिस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा बिशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार जोशीलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुुरस्कार प्रदान गरिएको हो । दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न जोशी हाल हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थटुडेनेपालडटकम अनलाईनका सम्पादक हुन । आमसञ्चार र पत्रकारितामा एमफिल गरेका पत्रकार जोशी स्वास्थ्य पत्रकारिता बाहेक स्वास्थ्य पत्रकारिताको प्रशिक्षण, अध्ययन् र अनुसन्धानमा पनि संलग्न छन् ।
विश्व धूम्रपान दिवसकै अवसरमा माध्यमबाट सूर्तिजन्य पदार्थ विरुद्घको अभियानमा गरेको योगदानको कदर गर्दै पत्रकार जोशी सहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा. भक्त केसी, वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रिता सिंह, एक्सन नेपाल, बिराटनगर महानगरपालिका र नेपाल विकास अनुसन्धान प्रतिष्ठान रहेका छन् । पुरस्कृत सबैलाई जनही नगद ५० हजार रुपैया सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सूर्तिजन्य पदार्थ विरुद्दको अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । हरेक वर्ष मार्ग ३१ का दिनलाई विश्व धुम्रपान रहित दिवसका रुपमा मनाइने गरिन्छ । नेपालमा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने रोगहरुबाट बर्षेनी ३७ हजार जनाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । नेपालमा कुल जनसंख्याको २७ प्रतिसतले सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको पछिल्लो अध्ययनले देखाएको छ ।
सूर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिसत भागमा चेतावनीमुलक घातक चित्र राख्ने प्रतिवद्दता जनाएपछि सन् २०१५ मा नेपाललाई युएईमा ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्रदान गरिएको थियो । पुरस्कार स्वरुप प्राप्त भएको एक लाख अमेरिकी डलर ( करिव १ करोड नेपाली रुपैया ) रासीको स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष बनाएर त्यसबाट प्राप्त हुने ब्याज रकम सूर्तिजन्य पदार्थ विरुद्दको अभियानमा योगदान गरेका व्यक्ति र संस्थालाई दिने निर्णय गरेको थियो । यस व्यवस्था अनुसार पहिलो पटक २०७६ सालमा व्यक्ति र संस्था गरि ६ जनालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि कोभिड १९ का कारण यो पुरस्कार बितरण गरिएन । यो वर्ष बल्ल दोश्रो पटक पुरस्कार बितरण गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘हामीलाई खाना चाहिन्छ, चुरोट होइन ।’
Next article सूर्तिजन्य पदार्थमा कर नबढाएकोमा आपत्ति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web