• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस, तत्काल कार्यन्वयन गर्छु : मन्त्री बस्नेत

July 5th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस, तत्काल कार्यन्वयन गर्छु : मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, २० असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्य योजना लिएर आउन विज्ञहरुलाई सल्लाह दिदै आफु तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका लागि कस्ले के गर्नु पर्छ भन्ने स्पष्ट दृष्टिकोण सहितको कार्ययोजना लिएर आउनु पर्ने र त्यो कार्ययोजना कार्यन्वयन गर्न आफु तयार रहेको बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘मै मन्त्री भएका बेला कार्ययोजना लिएर आउनुहोस् कार्यन्वयन गराएर छोड्छु ।’ इच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दावी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृतिले मात्र नविनतम सोचको विकास हुन नसक्नेमा जोड दिए । आयुर्वेद क्षेत्र प्रचुर संभावना भएको क्षेत्र भएको बताउदै मन्त्री बस्नेतले यो क्षेत्रको मान र सान बढाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा ओषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षहरुमा पश्चिमा देशहरु समेत आयुर्वेद प्रति आकर्षित भइरहेको बताउँदै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले स्वस्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनु पर्नेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योति संघ र ललितपुर महानगरबिच सम्झौता, ज्येष्ठ नागरिकको घरमै आँखा उपचार
Next article पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब बिच सहकार्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web