• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रुपन्देहीमा औषधि खाएर गर्भपतन गराउने बढी, जथाभावी औषधि नखान विज्ञको सुझाव

July 15th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुपन्देहीमा औषधि खाएर गर्भपतन गराउने बढी, जथाभावी औषधि नखान विज्ञको सुझाव

हेल्थ टुडे,
बुटबल, २९ असार: रुपेन्देहीमा औषधि सेवन गरेर गर्भपतन गराउने युवती र महिलाको संख्या अत्यधिक रहेको पाइएको छ । तर दर्ता नभएका औषधि समेत सेवन गरेर गर्भपतन गराउदा महिलाको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेकोले औषधि सेवन गर्दा चिकित्सकको सल्लाह लिन विज्ञहरुको सुझाव दिएका छन् । हेल्पकेयर पत्रकार समाज र हेल्थ टुडे मिडियाले शुक्रबार बुटबलमा गरेको सुरक्षित गर्भपतन र सञ्चारकर्मीको भूमिका बिषयक अन्तरक्रियामा सरोकारवालाहरुले औषधि सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेसँगै दर्ता नै नभएका औषधि आफू खुशी सेवन गर्दा स्वास्थ्य समस्या देखिने घटना पनि बढी रहेकोमा चिन्ता व्यक्त गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भेषराज शर्माले लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०७९। ०८० मा १४ हजार ३ सय २० महिलाले गर्भपतन गराएको तथ्यांक प्रस्तुत गर्दै रुपन्देहीमा एक हजार ३ सय ४२ जनाले सर्जिकल र एक हजार आठसय ४२ जनाले औषधि सेवनमार्फत गर्भपतन गराएको जानकारी दिए । सरकारले मान्यता दिएका संस्थाको मात्र तथ्यांक भएकाले यसभन्दा बढी गर्भपतनको आधिकारिक तथ्यांक स्वास्थ्य कार्यालयसँग नभएको शर्माले बताए । सरकारले मान्यता दिएका स्वास्थ्य संस्थाभन्दा बढी गर्भपतन बाहिर असुरक्षित तरिकाले हुने गरेको अवस्था विद्यमान रहेको बताउदै दर्ता नै नभएका औषधि विना चिकित्सकको परामर्श खाए पछि समस्या आएपछि अस्पताल आउनेको सँख्या ठूलो रहेको शर्माले जानकारी दिए । रुपन्देहीमा १३६ वटा सरकारी र सामुदायिक स्वास्थ्य संस्था गरेको जानकारी दिदै शर्माले देश भरि हुने गर्भपतनको २० प्रतिसत लुम्बिनीमा मात्र हुने गरेको तथ्यांक प्रस्तुत गरे । यसरी गर्भपतन गराउने मध्ये ६ प्रतिसत २० वर्ष मुनीका किशोरी रहेको उनले बताए ।
कार्यक्रममा स्त्री तथा प्रसूति रोग विज्ञ डा. सतिस रुपाखेतीले दर्ता नभएका अवैध औषधि सेवन गरेर गर्भपतन गराउनेको संख्या रुपन्देहीमा बढी रहेको बताउदै यसलाई रोक्न सरकारले अगुगमन दरो बनाउनु पर्नेमा जोड दिए । फार्मेसीहरुले खुलेआम दर्ता नै नभएका औषधि बिक्रीबितरण गरिरहेको दावी गर्दै बेच्नेले नै दर्ता नभएका औषधि नबेचे किन्नेले किन्न नपाउने र यो समस्या समाधान हुने डा. रुपाखेतीले बताए । नेपाल सरकारले १० वटा कम्पनीको औषधिलाई मात्र गर्भपतनमा प्रयोग गर्न मिल्छ भन्दै स्विकृति दिएको बताउदै सिमापारीबाट ल्याइएका अबैध औषधिले समस्यामात्र निम्त्याइरहेको दावी गरे । उनले दर्ता भएका औषधिको प्रयोग चिकित्सकको परामर्शका गर्नु पर्नेमा आफू खुशी औषधि खादा गम्भिर समस्या देखिने गरेको बताए ।
रुपन्देहीमा मेरी स्टोप्स र परिवार नियोजन संघ बाहेक गैरसरकारी संस्थालाई गर्भपतन गराउने मान्यता नभएको डा. रुपाखेतीले बताए ।
कार्यक्रममा औषधि व्यवसायी संघ रुपन्देहीमा पूर्व अध्यक्ष सुरज भट्टराईले लुम्बिनी प्रदेशमा ३६ सय औषधि पशल रहेकोमा रुपन्देहीमा १२ सय रहेको जानकारी दिदै ४ सय पशल त दर्ता नै नभइचलेकोले त्यहाँ बिक्रीबितरण हुने औषधिको गुणस्तरमा समेत प्रश्न चिन्ह रहेको बताए । मेरी स्टोप्सले औषधि पशलेहरुलाई गर्भपतनको औषधि बेच्न तालिम दिएको बाहेक सरकारले यस बिषयमा कुनै काम नगरेको बताए । ग्रामिण क्षेत्रका महिलामा चेतनाको अभाव र गोपनियताका कारण दर्ता नै नभएका औषधि सेवन गरेर गर्भपतन गराउने प्रवृति व्याप्त गरेको तर सरकारले अनुगमन नै नगरेकाले समस्या थपिएको उनको भनाई थियो । वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले मिडियाको भूमिकाका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पमा लिएर पटक पटक गर्भपतन गराउने प्रवृति बढ्दै जानु विकृति भएको बताउदै गर्भपतन गराउनै पर्ने अवस्था आए सुरक्षित गर्भपतन गराउनु पर्छ भन्ने सन्देश मिडियाले प्रवाह गर्नु पर्नेमा जोड दिए । दर्ता नभएका अवैध औषधि सेवन मार्फत गर्भपतन गराउदा त्यसको निम्त्याउने स्वास्थ्य समस्याका साथै महंगोमा समेत बिक्री बितरण भइरहेको पाइएकाले सरकारले यस बिषयमा अनुगमन कडा गर्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले मिडियाले पनि महिला स्वास्थ्यका बिषयम कलम चलाउनु पर्नेमा जोड दिदै यो गहन बिषय भएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी पाण्डेले गर्भपतन लुकाउने र लुक्ने बिषय नभएकाले दर्ता भएका औषधि मात्र प्रयोग गर्न मिडियाले सूचना प्रवाह गनर्् पर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी अस्पतालका नर्सिड अधिकृत पुलता खनाल, पत्रकार रेखा भुसाल, खिमानन्द भट्टराई, महेन्द्र थापा लगायतले सुरक्षित गर्भपतनमा प्रयोग हुने औषधि पनि सुरक्षित हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम हेल्थ टुडेका सम्पादक एवं सोसाइटी अफ हेल्थकेयर पत्रकार समाजका महासचिव पदमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरू
Next article अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठ नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web