• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ट्रु डर्माले सबैको बिश्वास जितेपछि नेपाली बजारमा आयो अर्को उत्पादन ‘ट्रु मी’

July 17th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ट्रु डर्माले सबैको बिश्वास जितेपछि नेपाली बजारमा आयो अर्को उत्पादन  ‘ट्रु मी’

हेल्थ टुडे,
काठमाडौं, १ साउन : ट्रु डर्मा सा प्रालिको उत्पादन ट्रु डर्माले नेपाली बजारमा सबैको मन जित्न सफल भएपछि कम्पनीले अर्को उत्पादन ‘ट्रु मी’ नेपाली बजारमा ल्याएको छ । ‘ट्रु मी’ सौन्दर्य प्रशाधनको सामग्री नेपाली बजारमा औपचारिक रुपमा विक्री बितरणमा आएको हो । सोमबार राजधानीमा आयोजित बिषेश समारोहमा ट्रु डर्मा सा प्रालिका अध्यक्ष सुसान्त मुरारका, ट्रु डर्मा र ‘ट्रु मी’ की ब्रान्ड एम्बेसडर रिस्ता बैद्य, नायिका स्वस्तिमा खड्का, कन्सल्टेन्ट दीपक जैशवाल र बिजय सिंगलले ‘ट्रु मी’ का नयाँ सौन्दर्य उत्पादन औपचारिक रुपमा सार्वजनिकिकरण गरेका हुन ।
अमेरिकन प्रविधिको ‘ट्रु मी’ ब्राण्डका उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण सुरु भएको समेत कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष मुरारकाले ट्रु डर्माका उत्पादनप्रति उपभोक्ताले दर्शाएको माया र विश्वासको जगमा उभिएर त्यसको सह उत्पादन ट्रु मी बजारमा ल्याएको बताए । नेपाली बजारको माग र उपभोक्ताको चाहना अनुसार शौन्दर्य प्रशोधनका उत्पादन बजारमा ल्याएको अध्यक्ष मुरारकाले जानकारी दिए । कम्पनीकी ब्रान्ड एम्बेसडर रिस्ता बैद्यले ट्रु डर्माका उत्पादनहरु गुणस्तरीय भएको दावी गर्दै यसले मानिसको सौन्दर्य निखार्ने मात्र नभएर व्यक्तित्व विकासमा पनि सहयोगी हुने विश्वास व्यक्त गरिन । नायिका स्वस्तिमा खड्काले आफू ट्रु डर्माका उत्पादनहरुको उपभोक्ता भएको बताउदै कम्पनीका उत्पादनहरु शौन्दर्यको दृष्टिले मात्र नभएर स्वास्थ्यका दृष्टिले पनि उत्तिकै विश्वसनिय भएको बताइन । कन्सल्टेन्ट दीपक जैशवाल र विजय सिंगलले हामीले शरीरका अन्य अंगहरुको ध्यान दिए जस्तै शरीरको छालाको पनि ध्यान दिनु पर्ने आवश्यक रहेको बताउदै जसरी औषधि खादा ब्रान्ड हेरेर खान्छौ त्यसैगरि शौन्दर्य प्रशाधनको साधन प्रयोग गर्दा पनि ब्रान्ड हेरेर प्रयोग गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा विभिन्न मोडेलहरुले ‘ट्रु मी’ का उत्पादनहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की, शौन्दर्य विशेषज्ञहरु,सञ्चारकर्मी र शौन्दर्य व्यवसायीको उपस्थिति रहेको थियो । कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सयको आँखाको निः शुल्क शल्यक्रिया
Next article वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web