• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरको त्यो बेड, जहाँ २०४४ सालदेखि कुनै विरामी भर्ना भएको छैन

July 25th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरको त्यो बेड, जहाँ २०४४ सालदेखि कुनै विरामी भर्ना भएको छैन

पदमराज जोशी,
काठमाडौं, ९ साउन : वीर अस्पतालमा भिआईपी र भिभिआईपीका लागि थप सुविधा र शैया सहित कक्ष सञ्चालन सुरु गर्ने कार्यक्रम थियो मंगलबार । वीरको पुरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैयाको भिआईपी र भिभिआईपी कक्ष सञ्चालन सुरु गर्नु भन्दा पहिले त्यसको निरिक्षण गर्न विहान साडे १० बजे पुगेका थिए स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत । वीरले ७ वर्ष पहिलेदेखि नै भिआईपीका लागि छुट्टै स्पेसल कक्ष सञ्चालन गरेको थियो । जति सुविधा थपेर कक्ष सञ्चालन गरे पनि भिआईपी र भिभिआईपी उपचारका लागि विदेश जाने प्रवृति नरोकिएपछि वीर अस्पतालको नेतृत्वले पनि त्यसलाई ठूलो महत्व दिएको थिएन ।
स्वास्थ्य मन्त्री बस्नेतले सरकारी खर्चमा उपचार गर्न चाहने भिआईपी र भिभिआईपीका लागि वीर अस्पतालमै थप सुविधा र कक्ष थप गरेर तयारी अवस्थामा राख्न निर्देशन दिए पछि वीरले नयाँ सजिर्कल भवनमा ३ शैया थप गरेको थियो । निरिक्षणका क्रममा मन्त्री बस्नेत पहिले पुरानो भवनको दोश्रो तलमा पुगे । जहाँ पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि शैया छुट्याइएको थियो । मन्त्री बस्नेत आउने थाहा पाएपछि वीर अस्पतालका निर्देशक र चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति, रेक्टर, रजिस्टार सहित स्वागतका लागि तयार थिए । मन्त्री बस्नेतले पुरानो भवनमा रहेका कक्ष निरिक्षण गर्न खाजे । न्याम्स उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतले एउँटा कक्षको जानकारी दिए पछि अर्को भिभिआईपी कक्षको ढोका खोले । त्यो कक्षमा राखिएको बेड होस वा त्यहाँको दराज सबै फरक थिए । छेउमै खाना पकाउने छुट्टै कोठा छ । आगन्तुकका लागि प्रतिक्षा स्थल सबै सुविधा छ । डा.बस्नेतले स्वास्थ्य मन्त्रीलाई भने, विसं २०४४ सालदेखि कुनै पनि विरामी यो बेडमा भर्ना भएको छैन । स्वर्गिय राजा विरेन्द्र विरामी हुदा यहाँ भर्ना भएका थिए । वीरका एक जना पुराना कर्मचारीका अनुसार त्यति बेला राजा विरेन्द्रसँगै रानी ऐश्वर्य शाह पनि संगै बसेकी थिइन । उक्त कक्षमा रहेको बेडको साइडमा रहेको दराजमा चावी लगाइएको छ । त्यसको चावी कसैसँग पनि छैन ।
ती कर्मचारीले भने, यो दराजमा सुन र चादीका भाडाकुडा हुनसक्छन । तर भित्र के छ कसैलाई थाहा छैन । राजपरिवारले उपचारका लागि प्रयोग गर्ने उक्त कक्ष पछि वीर अस्पतालले भिआईपी र भिभिआईपीका लागि छुट्याएको थियो । तर अस्पतालमै भर्ना भएर उपचार गर्न अहिलेका कुनै पनि नेता वीर गएनन् । नेपालमै उपचार हुने रोगको उपचारका लागि विदेश जाने गरेका छन् । न्याम्सका उपकुलपति डा. बस्नेतका अनुसार ओपीडी सेवा लिन भने पूर्व राष्टपति रामबरण यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री माधव नेपाल लगायतका नेता पुगेका छन् । तर भर्ना नै भएर उपचार गराउन आएका छैनन् । राज्य कोषबाट ठूलो धनरासी खर्च गरेर विदेश उपचार गराउने नेताहरुको प्रवृति प्रति जनता र नेपाली चिकित्सक कोही पनि खुशी छैनन् । नेपालमा संभव हुने उपचारका लागि विदेश जान नपरोस भन्ने उद्देश्यका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षलाई थप सुविधा सम्पन्न र थप शैया थप गरेर सेवा सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्री बस्नेत बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
Next article वीर अस्पतालमा थप सुविधा सहित थपिए भिआईपी र भिभिआईपी कक्ष

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web