• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालमा थप सुविधा सहित थपिए भिआईपी र भिभिआईपी कक्ष

July 25th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ९ साउन : वीर अस्पतालले विशिष्ठ व्यक्तिहरु (भिआईपी र भिभिआईपी) का लागि थप शैया र सुविधा सहित भिआईपी र भिभिआईपी कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएको थियो । अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैया भिआईपी र भिभिआईपीका लागि सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भिआईपी र भिभिआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेपछि उक्त कक्ष सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्री बस्नेतले भिआईपी र भिभिआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।
सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भिआईपी तथा भिभिआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दावी छ । मन्त्री बस्नेतले भने, ‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्यिय विशेषज्ञ चिकित्सकको टीम बनाएका छौ । त्यही टीमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।’ मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमि हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भिआईपी तथा भिभिआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धुर्व गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी, डा. रमेश चोखानी रहेका छन् ।
उपकुलपति डा. बस्नेतले पहिले पनि भिआईपी र भिभिआईपी उपचारका लागि ओपिडीमा आउने गरेको जानकारी दिदै केही समय यता भर्ना नै हुने गरि कोही नभएको तर अव सुविधा सम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गरे । उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पुरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर ५ शैयाको भिआईपी तथा भिभिआईपी कक्ष सञ्चालनमा आए पछि उपचारका लागि विदेश जाने चलन कम हुने बताए । बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरे पछि अहिले धेरै विरामीले वीर अस्पतालमा सहज रुपमा सेवा पाइरहेको डा. पौडेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरको त्यो बेड, जहाँ २०४४ सालदेखि कुनै विरामी भर्ना भएको छैन
Next article सोल्टी होटलले दियो डा. भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web