• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरमा बिहान ८ बजेदेखि ओपिडी सुरु गरेपछि ४० प्रतिसत बिरामी बढे : स्वास्थ्य मन्त्री बस्नेत

July 31st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरमा बिहान ८ बजेदेखि ओपिडी सुरु गरेपछि ४० प्रतिसत बिरामी बढे : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
धुलिखेल, १५ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालनमा आएपछि ४० प्रतिसत विरामीको संख्या थपिएको बताएका छन् । मन्त्री बस्नेतको निर्देशन पछि वीर अस्पताल प्रशासनले साउन १ गतेदेखि लागु हुने गरि बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन गरेको थियो ।
दोश्रो आधारभूत जिवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले भने, सुरुमा त बिहान ८ बजेदेखि नै ओपिडी सेवाको चिकित्सकहरुले समेत बिरोध गरेका थिए । तर पछि कुरो बुझदै गएपछि विज्ञप्ति नै निकालेर निर्णयको स्वागत गरेका छन् । मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने बताए । उनले भने,‘ स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारंटी मैले लिन्छु ।’
बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दावी गरे । दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए । सानोतिनो रोगको उपचारका लागि भिआईभी र भिभिआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको जनगुनासो प्रति इंगित गर्दै बस्नेतले भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाइदिएको बताए । धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।
आधारभूत जिवन रक्षाको कार्यक्रमको महत्व जहाँ पनि जहिले पनि रहेको बताउदै यसलाई देश भरि पुर्याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए । कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताउदै आफूहरुले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पुरा भएको बताउदै त्यसको लागि लगाव भने हुनु पर्नेमा जोड दिए । बस्नेतलाई आफूले कुराभन्दा काम गर्ने स्वास्थ्य मन्त्रीका रुपमा पाएको स्मरण गर्दे आत्मादेखि नै जनताको पक्षमा गरेका कामले सधै सफलता पाइने बताए ।
कार्यक्रममा एनेस्थिेसिया विभाग प्रमुख डा. संगीना रंजितले आधारभूत जिवन रक्षाको सिप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताइन । अस्पतालका मुटुरोग विज्ञ डा. राजेन्द्र कोजूले चिकित्सा विज्ञानमा कहिलेकाही उपकरणले पनि काम नगर्ने अवस्था आउने बताउदै आधारभूत जिवन रक्षाको ज्ञानले धेरैको ज्यान बचाउन सकिने जानकारी दिए । काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका डीन डा. मनोज हुमागाईले यो सिप लिएर वर्षमा एक जनाले एक व्यक्तिको ज्यान बचाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुनेमा जोड दिए । कार्यक्रममा अर्थोपेडिक सर्जन डा. रोहित श्रेष्ठ, डा. आभा श्रेष्ठ सहित राष्टिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचनलगायतले बेसिक लाइफ सपोर्ट कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य समन्वय महाशाखा प्रमुखको निर्देशकमा डा.चुमनलाल
Next article चाल्नाखेलमा खुल्यो दक्षिणकाली नगर अस्पताल, स्वास्थ्य मन्त्री बस्नेतले गरे उदघाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134438
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

40
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web