• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेत निकै ‘ इनरजेटिक एण्ड डाइनामिक ’ मन्त्री हुन : प्रधानमन्त्री

August 11th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेत निकै ‘ इनरजेटिक एण्ड डाइनामिक ’ मन्त्री हुन  : प्रधानमन्त्री

हेल्थ टुडे,
काठमाडौं, २६ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री आफ्नो मन्त्रीपरिषद्मा सबैभन्दा बढी उर्जावान र गतिशील मन्त्री भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मन्त्रीको पदभार सम्हालेको १०० दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्री बस्नेत लय सम्हालेर काम अगाडि बढाएको बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले गरेका स्वास्थ्य सुधारका कामबाट मन्त्री परिषद्का सदस्यहरु समेत निकै प्रभावित भएको बताउदै प्रधानमन्त्री दाहालले भने, ‘ क्याविनेटमा स्वास्थ्य मन्त्रीले आफुले गरेका कामको ब्रिफिङ गर्दा उहाँको काम देखेर सबै मन्त्री प्रभावित हुन्छन । ’ स्वास्थ्य मन्त्री बस्नेतको स्वास्थ्य सुधारको योजना र कार्यशैलीबाट आफू प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकै कारण आफू हौसला प्रदान गर्न कार्यक्रममा आएको प्रधानमन्त्री दाहालले बताए । सबै मन्त्रीहरुसँग आफुले कार्यसम्पादन सम्झौता गरेको जानकारी दिदै मन्त्री बस्नेत नेतृत्वको स्वास्थ्य मन्त्रालयले १०० प्रतिसत सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नेपालको नर्सिङ क्षेत्रमा निकै समस्या रहेको औल्याउदै प्रधानमन्त्रीले यसमा निजीगत सुधार गरेर पढ्नका लागि विदेश जानु पर्ने र त्यतैबाट रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपरेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले १०० दिनको कार्यकालमा आफूले विपन्नको निशुल्क उपचारका लागि संघीय अस्पतालका साडे ३ हजार बेड निशुल्क गरेको, भिआईपी तथा भिभिआईपीका लागि वीर अस्पतालका उपचार कक्ष थप गरेको, वित्ति रणनीति र स्वास्थ्य रणनीति पास गरेको, निजी अस्पतालमा समेत १० प्रतिशत बेड विपन्नका लागि निशुल्क गर्नै पर्ने व्यवस्था कडाइका साथ लागु गरेको लगायतका काम गरेको बताउदै आउदो ६ महिनामा जनताले महसुस हुने गरि स्वास्थ्यमा सुधारका काम गर्ने दावी गरे । कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्यका नीति बनाउदा योजना आयोगले सहजिकरण गर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा मन्त्रालयले धेरै काम अगाडि बढाएको बताउदै नेतृत्व गतिलो भएपछि कर्मचारीले दायाँबाया गर्ने अवस्था नआउने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी, विभिन्न अस्पतालका कर्मचारी, चिकित्सक, दातृ निकायका प्रमुखहरु सहितको ठूलो सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेतका १०० दिन, यी हुन् १०० दिनमा गरेका १०७ काम
Next article बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web