• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कसरी संभव भयो धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक हप्तामै २ को कलेजो प्रत्यारोपण

August 21st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी संभव भयो धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक हप्तामै २ को कलेजो प्रत्यारोपण

हेल्थ टुडे,

भक्तपुर, ४ भदौ : शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो समय कलेजो प्रत्यारोपणमा विदेशी विशेषज्ञहरूको सहयोगमा कमी गर्दै यस पटक मात्र एक जना विदेशी विशेषज्ञको संलग्नतामा एक साता मा दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
कलेजो प्रत्यारोपण शल्यक्रिया प्रकृयामा आत्म निर्भरता तर्फ गइ रहेको केन्द्रले यो वर्ष हाल सम्म ३ जना गरी अहिले सम्म नेपालमा सबैभन्दा बढी १३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
आगामी दिनहरूमा विदेशी विशेषज्ञ चिकित्सकहरू आवश्यक नपर्ने केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठले बताए ।
डा. पुकार कै सक्रियता र नेतृत्वमा केन्द्रले मिर्गौला सँगै कलेजो प्रत्यारोपण समेत शुरु गरेको हो । पहिलो पटक २०७२ साल मंसिर २२ गते बाट डा.श्रेष्ठ कै नेतृत्वमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । केन्द्रले यस अगाडि हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका मुलुकबाट विशेषज्ञ टोली को सहयोगमा कलेजो प्रत्यारोपण गर्ने गरे पनि यस पटक एक जना मात्र विज्ञ चिकित्सकको सहयोगमा आफ्नै जनशक्ति बाट दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।
गत बिहीवार सल्यानका ५२ वर्षीय कृष्ण बहादुर केसीको कलेजो प्रत्यारोपण गरिएको हो । उनका छोरा २३ वर्षीया किरण केसीले कलेजो दान गरेका थिए । यस्तै गत शनिवार भएको कलेजो प्रत्यारोपणमा ५७ वर्षीया कुमार राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजो दान गरेकी थिइन । प्रत्यारोपित र अंगदाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक निर्देशक डा श्रेष्ठले बताए ।
यो साता गरिएको यी दुई वटा कलेजो प्रत्यारोपणमा सघाउन भारत बाट कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा सिल्भा कुमार नागनाथन आएका थिए । केन्द्रमा मात्र १५ लाख सेवा शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार ले कलेजो प्रत्यारोपण सफल पार्न सहयोग गरेका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री मोहन बहादुर बस्ने, सचिव डा रोशन पोखरेल र देव कुमारी गुरागाँई, मेडिकल काउन्सिल, अन्य संघ संस्था र केन्द्रका कर्मचारीको सहयोग महत्वपूर्ण रहेको जनाउँदै सबैलाई धन्यवाद समेत दिएका दिएका छन् ।
डा.पुकारले सबैको साथ र सहयोगले कलेजो प्रत्यारोपणमा क्रमशः आत्म निर्भरता तर्फ उन्मुख भएको र छिट्टै स्वतन्त्र रूपमा नै प्रत्यारोपण गरिने समेत जनाए ।

डा.पुकार नेतृत्वको कलेजो प्रत्यारोपण टोली

डा.पुकारको नेतृत्वमा यसै साता दुइ जनामा गरिएको कलेजो प्रत्यारोपण टोलीमा शल्यचिकित्सक डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा राम बाबु साह, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए ।
त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने नर्सिङ्ग तर्फ पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्की लगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाउका थिए । प्रत्यारोपण गर्ने बिरामीको चेक जाँच तथा तयारी कार्य केन्द्रका प्रत्यारोपण कोअर्डिनेरहरु, तारा साँध, शनिषा कार्की, सरु कोजुले गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत भारतको गुजरात प्रस्थान
Next article बीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.शिवजी पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132549
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web