• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ईसान बाल तथा महिला अस्पतालले मनायो २८ औं वार्षिकोत्सव

September 6th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ईसान बाल तथा महिला अस्पतालले मनायो २८ औं वार्षिकोत्सव


हेल्थ टुडे,

काडमाडौं, २० भदौ नेपालकै निजी क्षेत्रको पहिलो बाल अस्पतालका रुपमा मात्र नभई गुणस्तरीय उपचारमा पनि ख्याति कमाएको ईसान बाल तथा महिला अस्पतालले स्थापनाको २८औं वार्षिकोत्सव मनाएको छ । टोखा ५ स्थित अस्पतालमा बुधबार आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.रमेशप्रसाद सिंह, कार्यकारी निर्देशक प्रा. डा. आरपी चौधरी सहित अस्पताल सञ्चालक, चिकित्सक, कर्मचारी र शुभचिन्तकमाझ केक काटेर वार्षिकोत्सवको खुशीयाली साटासाट गरिएको हो । समारोहमा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रा.डा.रमेशप्रसाद सिंहले ईसान बाल तथा महिला अस्पतालको प्रमुख उद्देश्य नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय उपचार सेवा प्रदान गर्नु रहेको बताउँदै अस्पतालले आफ्नो उद्देश्य अनुसार अगाडि बढिरहेको बताए । संस्थापक भिष्म श्रेष्ठ र अजित नारायणले अस्पताललाई अहिलेको अवस्थामा पुर्याउनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको उत्तिकै योगदान रहेको बताउदै निष्ठावान सेवा नै अस्पताल स्थापनाको मूल उद्देश्य रहेको स्मरण गरे । अस्पतालका कार्यकारी निर्देशक एवं मेडिकल डाइरेक्टर प्रा. डा. आरपी चौधरीले अस्पतालमा २४ घण्टा नै एमडी पेडियाट्रिक विशेषज्ञहरुबाट पेडियाट्रिक मेडिसिन, नवजात तथा बाल सर्जरी, आकस्मिक सेवाका साथै महिला तथा प्रसूति सेवा उपलब्ध रहेको जानकारी गराउदै अस्पतालले नयाँ भवन बनाएर सेवा सुरु गरेपछि उपचार सेवाको स्तरमा पनि सुधार भएको बताए । ईसान बाल अस्पताल र थाइल्याण्डको समितिभेज अस्पतालबिच छिट्टै पारस्पिरिक सम्बन्ध कायम हुने बताउदै अस्पताललाई चाडै १०० शैयाको रुपमा बिस्तार गरिने जानकारी दिए । अस्पताल सञ्चालक समितिले यही साउन देखि लागु हुनेगरि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको तलब बढाएको समेत डा. चोधरीले जानकारी दिए ।
समारोहमा अस्पतालका संस्थापक अध्यक्ष स्वर्गिय डा. नारायण बहादुर थापाको स्मरणमा स्थापना गरिएको अवार्डबाट ३ जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । स्वर्गिय थापाकी पत्नी जनथापा क्षेत्रीले उक्त अवार्ड अस्पतालका जेष्ठ कर्मचारीहरु जितबहादुर कार्की, नारायण प्रसाद र सुनिता देउरालाई प्रदान गरेकी थिइन । कार्यक्रमको अवसरमा चित्रकला प्रतियोगितामा उत्कृष्ठ भएका बालबालिकाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । बिसं २०५२ सालमा १५ शैयाबाट कृष्णजन्माष्टमीको दिन स्थापना भएको ईसान बाल तथा महिला अस्पतालमा ८० जना विभिन्न विधाका बालरोग विज्ञहरुले सेवा प्रदान गरिरहेका छन् । अस्पतालले चाडै १०० शैयाको क्षमता सहित सेवा बिस्तार गर्ने योजना बनाएको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता
Next article स्वास्थ्य मन्त्री बस्नेत इजिप्ट प्रस्थान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web