• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ईसान बाल तथा महिला अस्पतालले मनायो २८ औं वार्षिकोत्सव

September 6th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ईसान बाल तथा महिला अस्पतालले मनायो २८ औं वार्षिकोत्सव


हेल्थ टुडे,

काडमाडौं, २० भदौ नेपालकै निजी क्षेत्रको पहिलो बाल अस्पतालका रुपमा मात्र नभई गुणस्तरीय उपचारमा पनि ख्याति कमाएको ईसान बाल तथा महिला अस्पतालले स्थापनाको २८औं वार्षिकोत्सव मनाएको छ । टोखा ५ स्थित अस्पतालमा बुधबार आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.रमेशप्रसाद सिंह, कार्यकारी निर्देशक प्रा. डा. आरपी चौधरी सहित अस्पताल सञ्चालक, चिकित्सक, कर्मचारी र शुभचिन्तकमाझ केक काटेर वार्षिकोत्सवको खुशीयाली साटासाट गरिएको हो । समारोहमा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रा.डा.रमेशप्रसाद सिंहले ईसान बाल तथा महिला अस्पतालको प्रमुख उद्देश्य नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय उपचार सेवा प्रदान गर्नु रहेको बताउँदै अस्पतालले आफ्नो उद्देश्य अनुसार अगाडि बढिरहेको बताए । संस्थापक भिष्म श्रेष्ठ र अजित नारायणले अस्पताललाई अहिलेको अवस्थामा पुर्याउनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको उत्तिकै योगदान रहेको बताउदै निष्ठावान सेवा नै अस्पताल स्थापनाको मूल उद्देश्य रहेको स्मरण गरे । अस्पतालका कार्यकारी निर्देशक एवं मेडिकल डाइरेक्टर प्रा. डा. आरपी चौधरीले अस्पतालमा २४ घण्टा नै एमडी पेडियाट्रिक विशेषज्ञहरुबाट पेडियाट्रिक मेडिसिन, नवजात तथा बाल सर्जरी, आकस्मिक सेवाका साथै महिला तथा प्रसूति सेवा उपलब्ध रहेको जानकारी गराउदै अस्पतालले नयाँ भवन बनाएर सेवा सुरु गरेपछि उपचार सेवाको स्तरमा पनि सुधार भएको बताए । ईसान बाल अस्पताल र थाइल्याण्डको समितिभेज अस्पतालबिच छिट्टै पारस्पिरिक सम्बन्ध कायम हुने बताउदै अस्पताललाई चाडै १०० शैयाको रुपमा बिस्तार गरिने जानकारी दिए । अस्पताल सञ्चालक समितिले यही साउन देखि लागु हुनेगरि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको तलब बढाएको समेत डा. चोधरीले जानकारी दिए ।
समारोहमा अस्पतालका संस्थापक अध्यक्ष स्वर्गिय डा. नारायण बहादुर थापाको स्मरणमा स्थापना गरिएको अवार्डबाट ३ जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । स्वर्गिय थापाकी पत्नी जनथापा क्षेत्रीले उक्त अवार्ड अस्पतालका जेष्ठ कर्मचारीहरु जितबहादुर कार्की, नारायण प्रसाद र सुनिता देउरालाई प्रदान गरेकी थिइन । कार्यक्रमको अवसरमा चित्रकला प्रतियोगितामा उत्कृष्ठ भएका बालबालिकाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । बिसं २०५२ सालमा १५ शैयाबाट कृष्णजन्माष्टमीको दिन स्थापना भएको ईसान बाल तथा महिला अस्पतालमा ८० जना विभिन्न विधाका बालरोग विज्ञहरुले सेवा प्रदान गरिरहेका छन् । अस्पतालले चाडै १०० शैयाको क्षमता सहित सेवा बिस्तार गर्ने योजना बनाएको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत इजिप्ट प्रस्थान
Next article स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web