• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जागिरे मात्र भएर आयुर्वेदको विकास संभव छैन : स्वास्थ्य मन्त्री बस्नेत

January 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जागिरे मात्र भएर आयुर्वेदको विकास संभव छैन : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, २३ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद अस्पतालहरुमा कार्यरत जनशक्तिले जागिरे मात्र भएर काम गरे आयुर्वेद क्षेत्रको विकास नहुने बताएका छन् । आयुर्बेद चिकित्सालय नरदेबीले सोमबार आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसर पारेर आयोजना गरेको सप्ताहव्यापी आयुर्वेद तथा योग सम्बन्धी कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले जागिर पकाउने र दिन कटाउने मनस्थिति परिवर्तन नगरेसम्म आयुर्वेदले फड्को मार्न नसक्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ आयुर्वेदको विकासका लागि जागिरे मनस्थिति होइन,यसको विकास र विस्तारका लागि जागर निकाल्नुहोस । तपाईहरुको अनुभव र इच्छाशक्ति भयो भने मात्र आयुर्वेदको विकास संभव छ । ’
अनुभूति हुने गरि उपचार सेवा प्रवाह नगर्दासम्म आमसमुदायमा आयुर्वेद प्रतिको विश्वास जाग्न नसकिने दावी गर्दै मन्त्री बस्नेतले सरकारले मात्र आयुर्वेदको विकास गर्न नसक्ने भएकाले यो क्षेत्रमा कार्यरत जनशक्ति लाग्नै पर्नेमा जोड दिए । चिकित्सा शिक्षा ऐनमा संसोधन आवश्यक रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा क्षेत्रका विद्यार्थीले स्वदेशमै पढ्न पाउन वातावरण बनाउन सरकार लागिरहेकोले यसले केही दिनमै परिणाम दिने दावी गरे । आयुर्वेद चिकित्सालयहरुमा पनि जनशक्ति अभाव भएको बताउँदै अत्यावश्यक जनशक्ति थप गर्न स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।
कार्यक्रममा आयुर्वेद चिकित्सालय नरदेबीका कार्यकारी निर्देशक डा. श्यामबाबु यादवले ११८ शैयाबाट उपचार सेवा प्रदान गरिरहेको अस्पतालले निकट भविश्यमै २०० शैयाको बनाउने योजना अनुसार अगाडि बढीरहेको जानकारी दिए । डा.यादवले आफुले निर्देशकको जिम्मेवारी सम्हालेपछि ओपिडी सेवा बिहान साडे ८ बजेदेखि गरेको, १५ शैयाको जनरल शैया बढाएर २५ शैया बनाएको, भर्ना भएका विरामीका लागि नि:शुल्क खानाको व्यवस्था गरेको र सेवा बिस्तार गरेको दावी गरे । उनले निकट भविश्यमै नरदेबी अस्पतालमा आयुर्वेदको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालको नयाँ सिटी स्क्यान मेसिनको पनि उदघाटन गरेका थिए । उक्त सिटी स्क्यान मेसिन आउदो माघ १ गतेदेखि सञ्चालनमा आउने छ । कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा. बाशुदेव उपाध्याय लगायत आयुर्वेद क्षेत्रका अधिकारीको सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलो पटक भेटियो ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन–वान’
Next article कान्ति बाल अस्पताललाई १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाउछौ : स्वास्थ्य मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web