• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चैत २५ गते अन्तर्राष्ट्रिय दातृ निकाय सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

January 19th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २५ गते अन्तर्राष्ट्रिय दातृ निकाय सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

हेल्थ टुडे,
काठमाडौं, ५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउदो चैत २५ गते राजधानीमा अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्ने प्रस्ताव गरेको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन आयोजना गर्ने योजना बनाएको हो । स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि दातृ निकायको भूमिका अहं रहेकोले स्वास्थ्य क्षेत्रका लागि थप सहयोग जुटाउनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए ।
सम्मेलनमा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिरहेका तथा गर्न सक्ने दातृ निकायलाई आमन्त्रण गरिने र उनीहरुलाई स्वास्थ्य क्षेत्रमा सहयोग सहकार्यका लागि थप अनुरोध गर्ने तयारी मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्री बस्नेतका अनुसार अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्न स्वास्थ्य मन्त्रालयले स्विकृति प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा २० प्रतिसत भन्दा बढी बजेट कटौती गरेकाले स्वास्थ्य मन्त्रालयलाई आफ्ना कार्यक्रम सञ्चालन गर्न समेत धौ धौ परिरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा कटौती गरिएको बजेट परिपूर्ति गर्न यो सम्मेलनले राहात दिने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउछन् । स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरुमा दातृ निकायहरुको सहयोग रासी समेत घट्दै गइरहेका बेला नेपाल सरकारले आवश्यकता र औचित्यका आधारमा स्वास्थ्य क्षेत्र सुदृढ हुने गरि सम्मेलन आयोजना गर्नलाई सकारात्मक पहल भएको विज्ञहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यामरुनले बच्चाहरूको लागि विश्वको पहिलो मलेरिया खोप कार्यक्रम सुरु
Next article केन्द्रीय अस्पतालहरूमा तत्काल १६ हजार दरबन्दी आवश्यक छ : स्वास्थ्य सचिव पोखरेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134311
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web