• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘ चिकित्सा शिक्षा ऐन संसोधन गर्न सरकार तर्किने र पर्खेने वाला छैन। ’

January 24th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘ चिकित्सा शिक्षा ऐन संसोधन गर्न सरकार तर्किने र पर्खेने वाला छैन। ’

हेल्थ टुडे,
काठमाडौं, १० माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुन्छ । यो काम गर्न सरकार तर्किने र पर्खेने वाला छैन । ’
स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई गर्ने निर्णय गरेर मन्त्रीपरिषद्मा पठाई सकेको जानकारी दिदे मन्त्री बस्नेतले यसका बिषयमा प्रधानमन्त्री सहित सिंगो मन्त्रीपरिषद् सकारात्मक भएकाले यसका बिषयमा चाडै टुंगोमा पुग्न लागेको दावी गरे ।
‘ चिकित्सा शिक्षा आयोगसँग पनि यसका बिषयमा छलफल भइरहेको छ । सबै पक्ष सकारात्मक छ । चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृया अगाडि बढेको छ । ’ मन्त्री बस्नेतले भने, ‘ अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने होइन्, चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नु पर्छ । ’ चिकित्सा शिक्षा ऐनका कारण ठूलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले स्वदेशमा पढ्न नपाएको बताउदै मन्त्री बस्नेतले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रसस्त अवसरहरु प्रदान गर्न सरकारले पहल गरिरहेको दाबी गरे । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षाको टि नबढाउने हो भने अवको पाँच वर्षमा देशमा चिकित्सक र नर्सहरुको अभाव हुने मन्त्री बस्नेतको भनाई छ ।
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.युवानिधि बसौलाले बार्षिक विवरण प्रस्तुत गर्दै ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको जानकारी दिदै पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा बिशेष ध्यान दिएको बताए । २४ घण्टा एम्बुलेन्स सेवा, अस्पतालको आफ्नै २४ घण्टा फार्मेसी सेवा सञ्चालनदेखि ऐलो फिबरको सेवासम्म बिस्तार गरिएको बताए । नर्सिङ प्रशासक रोसनलक्ष्मी तुईतुईले अस्पतालले आउदो शैक्षिक सत्रदेखि नर्सिङको पढाई गर्ने गरि तयारी गरिएको जानकारी दिदै सरकारले अनुमती दिए पढाई गर्न सकिने दावी गरिन । कार्यक्रममा मन्त्री बस्नेतले अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेलाई सम्मान गरेका थिए । कार्यक्रममा योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत सहित स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र अस्पतालका निर्देशकहरु सहभागी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यामरुनले बच्चाहरूको लागि विश्वको पहिलो मलेरिया खोप कार्यक्रम सुरु
Next article वीर अस्पतालको सहायक निर्देशकमा डा. केसी र डा. गौतम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web