• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा डा.पुकारको नेतृत्वमा १२०० को मिर्गौला प्रत्यारोपण

February 1st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा डा.पुकारको नेतृत्वमा १२०० को मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,
भक्तपुर, १८ माघ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले स्थापनाको ११ वर्षमा १२०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । विसं २०६८ फागुनमा स्थापना भएको केन्द्रले त्यसको एक वर्षपछि विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो । यसैगरि नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको केन्द्रले अहिलेसम्म १८ जनाको सफल कलेजो प्रत्यारोपण गरेको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका निर्देशक एवं प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टीमले दक्षिण कोरियाका शल्यचिकित्सक डा. डेभिड क्वानको सहयोगमा विसं २०७३ मंसिर २२ गते नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । यो नै नेपालमा गरिएको पहिलो कलेजो प्रत्यारोपण थियो । बिगत २ महिनाको अवधिमा मात्र केन्द्रले ९ वटा कलेजो प्रत्यारोपण गरेको र आउदो हप्ता २ जनाको प्रत्यारोपण गर्ने तयारी गरेको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिए । सिमित साधन र श्रोतका भरमा पनि एउँटा केन्द्रले ११ वर्षमा १२०० जनाको मिर्गौला प्रत्यारोपण गर्न सक्नु चानचुने कुरा नभएको पुर्व स्वास्थ्य सचिव डा.प्रविण मिश्रले बताए । डा. मिश्रका अनुसार देशलाई मिर्गौला प्रत्यारोपण र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बनाउने अभियानका केन्द्र र विषेश गरि डा. पुकारको ठूलो योगदान रहेको छ ।
केन्द्रले विसं २०७४ बैसाख २८ मा देशमै पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला प्राप्त गरि २ जनामा प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणका अलावा केन्द्रले डायलासिस सेवा, मुटुरोग सेवा सहितका सेवा उपलब्ध गराउदै आइरहेको यो केन्द्रलाई भौतिक संरचनाको अभाव रहेकोले नेपाल सरकारले अस्पताल निर्माणका लागि भक्तपुरमा जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । सरकारले एक वर्ष पुरा गरेको अवसरका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको केही दिन पहिले सम्बोधनमा केन्द्रलाई ५०० शैयाको बनाएर सेवा विस्तार गर्ने उल्लेख गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. भण्डारीको नेतृत्वमा नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण
Next article लोमस फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि ’ओनो सिरप’ बिक्रीमा रोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web