• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. भण्डारीको नेतृत्वमा नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण

February 1st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भण्डारीको नेतृत्वमा नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौँ, १८ माघ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ डा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो । ५० भन्दा बढी स्वास्थ्यकर्मीको टोलीले गत पुस २७ मा प्रत्यारोपण गरेको थियो
‘सबै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं । यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो,’ कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीले भने, ‘बाहिर कसैको भर नगरी हामीले २०७२ सालदेखि नै तयारी थालेका थियौं, जुन आज पूर्ण भयो ।’
अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन । अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले जानकारी दिए । ‘२७ गते शल्यक्रिया गरेर कलेजो प्रत्यारोपण गरेपश्चात् उनलाई दुई साता आईसीयूमा राखेर वार्डमा सारिएको थियो,’ उनले भने, ‘हामीले उहाँलाई बिहीबार डिस्चार्ज गर्दै छौं ।’
उनले त्रिविमै जनरल सर्जरीमा एमसीएच गरेर कलेजो प्रत्यारोपण तथा प्याङ्क्रियाज शल्यक्रियाका लागि अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलियन कलेज अफ सर्जन्सबाट फेलोसिप प्राप्त गरेका थिए । नेपाल फर्किएसँगै उनले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरेका हुन् । ‘हाम्रो जनशक्तिबाट प्रत्यारोपण गर्न सफल भएपछि मात्रै यो दिगो हुन्छ,’ उनले भने, ‘त्यसैले यो सफलता सबैको हो । एक्लो प्रयासले मात्रै यति ठूलो शल्यक्रिया सफल बनाउन सकिँदैन ।’ उनका अनुसार सामान्य अवस्थामा पनि कलेजो प्रत्यारोपण गर्न १० घण्टाभन्दा बढी समय लाग्छ । यस्तोमा डोनर (दाता) र रिसिपियन्ट (प्रापक) दुवैको शल्यक्रिया ११ घण्टामा सक्नुलाई ठूलो सफलता मानिन्छ । ‘कलेजोको प्रत्यारोपण कठिन छ, त्यहाँ धेरै प्रकारका स–साना नसा हुन्छन् र अत्यधिक रक्तस्रावको जोखिम सधैं रहन्छ,’ उनले भने, ‘यो प्रत्यारोपणका लागि पनि करिब १५ युनिट विभिन्न प्रकारका रगतको आवश्यकता परेको थियो ।’
त्रिवि शिक्षण अस्पतालमा सबै प्रकारका उपचार सेवा रहेकाले पनि प्रत्यारोपण सहज भएको डा. भण्डारी बताउँछन् । ‘शल्यचिकित्सक, एनेस्थेसिया, सघन उपचार विज्ञ, नर्सिङ स्टाफ, इन्टरभेन्सनल रेडियोलोजी, रगत बैंक सबैको समूहगत प्रयास नभएसम्म यति ठूलो शल्यक्रिया गर्न सकिन्न,’ उनले भने, ‘हाम्रो टोलीले सहयोग लिएर १० वटा प्रत्यारोपण गरेको अनुभवले पनि अब आफैं गर्न सकिन्छ भन्नेमा पुगेका हौं ।’ शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै महिनाको एउटा प्रत्यारोपण गर्ने लक्ष्य राखेको उनले बताए । नेपालमा प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा डा.पुकारको नेतृत्वमा १२०० को मिर्गौला प्रत्यारोपण
Next article कुष्ठरोगको बिद्यमान अवस्था र विश्व कुष्ठरोग दिवसको औचित्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web