• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कुष्ठरोगको बिद्यमान अवस्था र विश्व कुष्ठरोग दिवसको औचित्य

January 28th, 2024 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

गोपाल हरि पोखरेल,
हरेक बर्ष जस्तै यस बर्ष पनि जनवरी महिनाको अन्तिम आईतवारलाई ‘कुष्ठरोग सम्बन्धि गलत धारणाको अन्त्य गरौ, मर्यादित व्यवहार गरौ ’ भन्ने नाराका साथ ७१औ बिश्व कुष्ठरोग दिवस १४ माघ २०८० का दिन मनाई रहेका छौ । यस दिबस मनाउनुको प्रमुख उद्देश्य भनेको कुष्ठरोगको बारेमा जन चेतना जगाउने र समुदायमा रहेको भ्रम हटाई यस रोगलाई सामाजिक कलंकको गलत धारण परिवर्तन गर्न उत्प्रेरित गरेर कुष्ठरोगी÷प्रभावितहरुको समावेसितामा बृद्धि गर्नु हो । यसका अलावा देश भरिका स्वास्थ्य क्षेत्र लगायत हरेक समुदाय, क्षेत्र र तप्काका मानिसहरु मार्फत कुष्ठरोगको पैरवी गरि कुष्ठरोग निवारको लक्ष हाँसिल गर्नु हो । यसका लागि कुष्ठरोगको प्रारम्भिक अवस्थामा पहिचान तथा उपचारलाई प्रबर्धन गर्नुको साथै रोग सर्ने चक्रलाई भंग गरि आम जनतालाई रोग लाग्नबाट बचाउन योजना सहित जनताको दैलो सम्म कार्यक्रम संचालन गर्न जरुरी देखिन्छ ।
कुष्ठरोग प्राचीनकाल देखिनै मानव समाजमा परिचित हुंदैआए तापनि सन् १८७३ ( वि. सं. १९३०) मा नर्वेका डा. गेरहार्ड हेनरिक आर्मर ह्यान्सनले यस रोगको कीटाणु पत्ता लगाएका थिए र यस रोगलाई हयान्सन्स् डिजीज पनि भनिन्छ । कुष्ठरोग नियन्त्रणका लागि यसका आधारभुत उद्देश्य प्राप्ति गर्न स्वास्थ्य क्षेत्रबाट प्रदान गरिने उपचार सेवा मात्रले पुग्दैन र यो रोग सामाजिक पक्षसँग पनि जोडिने भएकाले सम्पूर्ण सामाजिक अभियान्ताहरूको अभियान आवश्यक हुन्छ ।
नेपालमा पनि विश्वस्वास्थ्य सङ्गठनको नियन्त्रण रणनीति देखि लिएर विश्वभरी कुष्ठरोगको क्षेत्रमा कार्य गरिरहेका सङ्गठनको सञ्जालहरूबाट सहयोग र पाठ सिकेर देश र परिवेशअनुसार रणनीति, कार्यनीति तथा योजनाका साथ देशब्यापी रूपमा कुष्ठरोग नियन्त्रण कार्यव्रmम सञ्चालन गर्न आवश्यक छ । कुष्ठरोग निवारणको विषयमा विश्वस्वास्थ्य सङ्गठनले विश्वव्यापी कुष्ठरोग निवारण रणनीति (२०२१ – २०३०) जारिगरी कुष्ठरोगको निवारण भन्नाले बिगत ३ वर्षदेखि स्थानिय व्यक्तिहरूमा नयाँ कुष्ठरोग सुन्य रिपोर्ट हुनुलाई कुष्ठरोगको निवारण मानेको छ भने कुष्ठरोगको जनस्वास्थ्य समस्यावाट निवारण भन्नाले निश्चित देश वा क्षेत्रभित्र रजिष्ट्रर सङ्व्रmमण दर प्रति १०,००० जनसङ्ख्यामा १ जनाभन्दा कम हुनुलाइ मानेको छ । सोहिअनुसार नेपाल सरकारले पनि (२०२१–२०३०) मार्गचित्र र (२०२१–२०२५) रणनीति तय गरि कार्ययोजना निर्धारण गरेको छ ।
कुष्ठरोगको विश्वव्यापी वितरणको तथ्याङ्कलाई हेर्ने हो भने यो रोग विश्वमा हरेक महादेशमा र प्रदेशमा फैलिएको इतिहास छ । विश्वव्यापी फैलावट र यो रोग युरोपबाट घटेर न्युन हुनुमा सामाजिक आर्थिक उन्नति तथा व्यक्तिगत सरसफाइलाई लिन सकिन्छ भने अन्य सङ्व्रmामक रोग विरुद्ध चालिएको नियन्त्रण प्रकरणले कुष्ठरोग नियन्त्रणलाई पनि सकारात्मक सुधार गरेको कुरा नकार्न सकिन्न । हाल यो रोगको प्रकोप विशेष गरेर उष्ण प्रदेशमा फैलिएको पाइएको हुनाले पनि यस रोगलाई उष्ण प्रदेशीय उपेक्षित रोगको लिष्टमा राखिएको छ ।
कुष्ठरोगको तथ्याङ्कलाई हेर्दा विश्वमा प्रतिवर्ष एक हजार वा सो भन्दा धेरै नयाँ विरामी पत्ता लगाउने १५ देशहरु र विश्व स्वास्थ्य संगठनको कुष्ठरोग कार्यक्रमको प्राथमिकतामा परेको २३ देशकोे सुचिमा नेपाल पनि परेको छ । नेपालले पनि प्राथमिकताका साथ कुष्ठरोग निवारण कार्यक्रम संचालन गर्दै आई रहेको छ ।
नयाँ कुष्ठरोगको संख्यामा बृद्धिको साथै बच्चाहरुमा पनि यसको संख्या र प्रकोप दर बढ्नुले संक्रमणको चक्रलाई रोक्न नसकेको प्रष्ट देखिन्छ । माथिको तथ्याङ्कमा नयाँ विरामी र उपचारमा रहेको बिरामीको रेसियो हेर्दा अझ पनि स्वास्थ्यकेन्द्रहरुमा निको भएकाहरुलाइ नघटाएको वा उपचार अनियमित भएको प्रष्ट देखिन्छ ।
कुष्ठरोगको वारे मनाइने दिवसले मात्र हाम्रो जिम्बेवारी पुरा नहुने र तिनै तहका राजनैतिक क्षेत्रबाट समेत निवारकालागि सकारात्मक प्रतिबद्धता भए मात्र यस विश्व कुष्ठरोग दिवसको औचित्य पुष्टि हुनेछ ।
(पोखरेल दि लेप्रोसी मिसन नेपालका पुर्व तालिम व्यबस्थापक हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. भण्डारीको नेतृत्वमा नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण
Next article वीर अस्पतालको सहायक निर्देशकमा डा. केसी र डा. गौतम

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134020
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

116
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web