• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्लोवल फण्डको अनुदानको प्रभावकारिता अध्ययन गर्न डा. बाराकोटीको संयोजकत्वमा समिति गठन

February 12th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्लोवल फण्डको अनुदानको प्रभावकारिता अध्ययन गर्न डा. बाराकोटीको संयोजकत्वमा समिति गठन

हेल्थ टुडे,
काठमाडौं, २९ माघ : ग्लोवल फण्डको अनुदान सहायतामा सञ्चालन भइरहेका क्षयरोग, मलेरिया र एचआईभी तथा एड्स उपचार, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.टंक वाराकोटीको संयोजकत्वमा ९ सदस्यिय कार्यसम्पादन मूल्यांकन समिति गठन गरेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा समुन्वय महासाखाको जिम्मेवारी समेत पाएका अतिरिक्त सचिव डा.बाराकोटीको संयोजकत्वमा कार्य सम्पादन समिति गठन गरेका हुन । समितिले ग्लोवल फण्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ । समितिको सह संयोजकको जिम्मेवारी स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । त्यसैगरि समितिका सदस्यहरुमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक, जनस्वास्थ्य प्रयोगशालामा निर्देशक, स्वास्थ्य मन्त्रालय कानून साखाका उपसचिव र आर्थिक प्रशासन साखाका उपसचिव रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समुन्वय महासाखाका प्रमुखलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
ग्लोबल फण्ड विभिन्न देशहरुमा एड्स, क्षयरोग र मलेरिया जस्ता रोगहरुबाट वर्तमान तथा भावी पिढीमा हुने प्रभावलाई घटाई मानिसहरुको जीवन रक्षा गर्ने उद्देश्यले गठित एक अन्तर्राष्ट्रिय वित्तिय संयन्त्र हो । सन् २००२ मा गठन भएको यो संस्थाले विश्वका १५० भन्दा बढी देशहरुमा एड्स, क्षयरोग तथा मलेरिया कार्यक्रमको लागि ४ अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्दै आइरहेको छ । ग्लोवल फण्डले हरेक देशका सरकार, गैरसरकारी संघ संस्थाहरु, अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्यमा ती देशका राष्ट्रिय रणनीति कार्यान्वयनमा सहयोग गर्दछ । नेपालमा सन् २००३ देखि ग्लोबल फण्डले निरन्तर सहयोग गर्दै आइरहेको छ । सुरुका दिनमा ग्लोबल फण्डले क्षयरोगका लागि आएको रकम राष्ट्रिय क्षयरोग केन्द्रलाई, मलेरियाका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखालाई र एड्सका लागि एड्स तथा यौनरोग नियन्त्रण केन्द्रलाई प्रिन्सिपल रेसिपिटेन्ट ( प्राप्तिकर्ता ) को रुपमा कार्यन्वयन गरेको थियो । सन् २०१५ महाभुकम्पपछि अन्तरिम अवधिका लागि ग्लोवल फण्डले सेभ द चिल्डेनलाई तिन वटै कार्यक्रम सञ्चालन गर्न प्रिन्सिपल रेसिपिटेन्ट ( प्राप्तिकर्ता ) को अधिकार दिएको थियो । त्यसपछि सेभ द चिल्डेनले निरन्तर एकलौटी
रुपमा नेपालमा ग्लोवल फण्डको अनुदान रकम प्रयोग गर्दै आइरहेको छ । ग्लोवल फण्डले नेपाललाई दिएको अनुदानमा सेभ द चिल्डेनले मनपरी गरिरहेको गुनासो बढेपछि नेपाल सरकारले आफै प्रिन्सिपल रेसिपिटेन्ट ( प्राप्तिकर्ता ) हुनु पर्ने गरि प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि ग्लोवल फण्डलाई प्रस्ताव समेत पठाइसकेको छ । सेभ द चिल्डेनले ग्लोव फण्डको अनुदानमा व्यापक अनियमितता गरेको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्लोवल फण्डको अनुदानको प्रभावकारिता अध्ययन गर्न डा.बाराकोटीको संयोजकत्वमा कार्य सम्पादन मूल्यांकन समिति गठन गरेको हो । श्रोतका अनुसार सन् २०१५ देखि हालसम्म सेभ द चिल्डेनले ग्लोवल फण्ड मार्फत करिव २१ अर्ब भन्दा बढी रकम प्राप्त गरिसकेको छ । उक्त अनुदानको सदुपयोग नभएको गुनासो सरोकारवालाको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति गृहको विस्तारित विशिष्टिकृत सेवा कुपण्डोलको नयाँ भवनबाट सुरु हुँदै
Next article दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

146
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web