• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएचआरसीका सदस्यसचिव डा.जोशीको पदबहाली

February 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएचआरसीका  सदस्यसचिव डा.जोशीको पदबहाली

हेल्थ टुडे,
काठमाडौं, ९ फागुन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) को कार्यकारी सदस्य सचिवमा नियुक्त भएका डा. प्रमोद जोशीले मंगलबार पदबहाली गरेका छन् । डा.जोशी एनएचआरसीको चौधौ सदस्य सचिव हुन । मन्त्रीपरिषद्ले यही फागुन ६ गते डा.जोशीलाई परिषद्को रिक्त कार्यकारी सदस्य सचिवमा चार वर्षका लागि नियुक्त गरेको थियो । पदबहाली समारोहमा एनएचआरसीका पूर्व कार्यकारी अध्यक्ष एवं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्की, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारी लगायत वरिष्ठ चिकित्सकहरु र एनएचआरसीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समारोहमा एनएचआरसीका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघराज धिमालले नव नियुक्त सदस्य सचिव डा. जोशीलाई माला लगाएर स्वागत गर्दै उहाँको कार्यकालमा एनएचआरसीले नयाँ उचाई लिने विश्वास व्यक्त गरे । समारोहमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले डा. जोशीको कार्यकालमा एनएचआरसीले देशको माटो सुहाउदो अनुसन्धान गरेर स्वास्थ्य सम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संक्षिप्त संवोधन गर्दै एनएचआरसीका नव नियुक्त सदस्य सचिव डा. जोशीले एनएचआरसीले बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य अनुसन्धानलाई अगाडि बढाउने र परिमार्जन आवश्यक भए सल्लाह गरेर अगाडि बढ्ने बताए । डा. जोशीले अग्रजहरुको अनुभव र युवाहरुको जोसलाई समाहित गरेर देशको आवश्यकता अनुसार सवास्थ्य अनुसन्धान अगाडि बढाउने विश्वास व्यक्त गरे ।
डा.जोशी अर्थोपेडिक सर्जन हुन् । यसअघि डा.जोशी कैलालीको गेटामा रहेको गेटा अस्पतालको निर्देशक थिए । डा.जोशीकै पहलमा गेटा अस्पतालले गत कार्तिकबाट पहिलो चरणमा १०० शैयाको अस्पताल सञ्चालन सहित ओपिडी सेवा सुरु गरेको थियो । डा.जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । यस अघिका सदस्य सचिव डा. प्रदीप ज्ञवालीको पदावधि माघ २६ गते समाप्त भएपछि उक्त पद रिक्त थियो । डा. जोशी नेपाल चिकित्सक संघको कोषाध्यक्ष समेत हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देशभित्रै उत्पादन हुने औषधिको आयात बन्द हुनुपर्छ : एप्पोन अध्यक्ष महेश प्रधान
Next article ८३२ जना नेपाली चिकित्सकको नतिजा रद्दविरुद्ध अमेरिकी अदालतमा मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

146
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web