• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएचआरसीका सदस्यसचिव डा.जोशीको पदबहाली

February 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएचआरसीका  सदस्यसचिव डा.जोशीको पदबहाली

हेल्थ टुडे,
काठमाडौं, ९ फागुन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) को कार्यकारी सदस्य सचिवमा नियुक्त भएका डा. प्रमोद जोशीले मंगलबार पदबहाली गरेका छन् । डा.जोशी एनएचआरसीको चौधौ सदस्य सचिव हुन । मन्त्रीपरिषद्ले यही फागुन ६ गते डा.जोशीलाई परिषद्को रिक्त कार्यकारी सदस्य सचिवमा चार वर्षका लागि नियुक्त गरेको थियो । पदबहाली समारोहमा एनएचआरसीका पूर्व कार्यकारी अध्यक्ष एवं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्की, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारी लगायत वरिष्ठ चिकित्सकहरु र एनएचआरसीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समारोहमा एनएचआरसीका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघराज धिमालले नव नियुक्त सदस्य सचिव डा. जोशीलाई माला लगाएर स्वागत गर्दै उहाँको कार्यकालमा एनएचआरसीले नयाँ उचाई लिने विश्वास व्यक्त गरे । समारोहमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले डा. जोशीको कार्यकालमा एनएचआरसीले देशको माटो सुहाउदो अनुसन्धान गरेर स्वास्थ्य सम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संक्षिप्त संवोधन गर्दै एनएचआरसीका नव नियुक्त सदस्य सचिव डा. जोशीले एनएचआरसीले बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य अनुसन्धानलाई अगाडि बढाउने र परिमार्जन आवश्यक भए सल्लाह गरेर अगाडि बढ्ने बताए । डा. जोशीले अग्रजहरुको अनुभव र युवाहरुको जोसलाई समाहित गरेर देशको आवश्यकता अनुसार सवास्थ्य अनुसन्धान अगाडि बढाउने विश्वास व्यक्त गरे ।
डा.जोशी अर्थोपेडिक सर्जन हुन् । यसअघि डा.जोशी कैलालीको गेटामा रहेको गेटा अस्पतालको निर्देशक थिए । डा.जोशीकै पहलमा गेटा अस्पतालले गत कार्तिकबाट पहिलो चरणमा १०० शैयाको अस्पताल सञ्चालन सहित ओपिडी सेवा सुरु गरेको थियो । डा.जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । यस अघिका सदस्य सचिव डा. प्रदीप ज्ञवालीको पदावधि माघ २६ गते समाप्त भएपछि उक्त पद रिक्त थियो । डा. जोशी नेपाल चिकित्सक संघको कोषाध्यक्ष समेत हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ८३२ जना नेपाली चिकित्सकको नतिजा रद्दविरुद्ध अमेरिकी अदालतमा मुद्दा
Next article देशभित्रै उत्पादन हुने औषधिको आयात बन्द हुनुपर्छ : एप्पोन अध्यक्ष महेश प्रधान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web