• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा नेत्रज्योति संघका महासचिव सम्मानित

February 25th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा नेत्रज्योति संघका महासचिव सम्मानित

हेल्थ टुडे,
काठमाडौँ, १३ फागुन : नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन्। इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको हो । यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।
नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहनुभएका चन्दले सङ्घको गुल्मी शाखाको सभापति रहँदा जिल्लालाई मोतिविन्दुरहित जिल्ला घोषणा गराउने अभियानको सुरुआत गरेका थिए। उनले सङ्घको सचिव तथा महासचिव पदमा रही नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सम्मेलनमा नेपालमा तर्फबाट नेपाल आँखा अस्पतालका डा दिवा हमालले आँखा स्वास्थ्य सेवा तथा अन्धोपन निवारणमा अस्पतालले गरिरहेको सेवाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिइन् भने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्मेलनमा भाग लिएका थिए। सन् १९६० मा स्थापना भएको अपाओले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत काम गर्दै आएको छ । साथै अन्धोपनविरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्गठनबीच घनिष्टसम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आइरहेको छ ।
विसं २०३५ मा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्यसहित एक गैर नाफामूलक संस्थाका रुपमा स्थापना भएको सङ्घअन्तर्गत हाल देशभरमा २७ आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन्

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेतको चट्टानी अडानले ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट
Next article नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web